
ललितपुर – ललितपुर क्षेत्र नम्बर १ प्रदेश ख का उम्मेदवार चेतनाथ संजेलले सत्तारुढ गठबन्धनले जनजिविकाका मुद्दा भन्दा पनि नेकपा एमाले हराउने खेलमा मात्र लागेको बताउनुभएको छ ।
आगामी मंसीर ४ गतेको निर्वाचनमा जनताका समस्या समाधान गर्ने एजेण्डा भन्दा पनि जसरी पनि एमालेलाई हराएरै छाड्ने रणनिती बुनिरहेको उहाँ बताउनुभयो । ‘ यो निर्वाचन भनेको साँच्चीकै रुपमा देशलाई अग्रगमनतीर लैजाने या देश नै धरापमा लैजाने भन्ने खालको आन्दोलन हो ।
आश्राङमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै न त राष्ट्रियताको सवालमा सत्तारुढ गठबन्धनले केही पहल गरेको छ,न मारमा परेका जनतालाई महङ्गीको दलदलबाट उतार्न सकेको छ। महङ्गीबाट जनता आक्रान्त रहेको बताउँदै निवर्तमान बाग्मती प्रदेश सभाका सदस्य समेत रहेका संजेलले यो सरकारलाई कुनै मतलव नदेखीएको टिप्पणी गर्नुभयो।
१६ सयको चामल अहिले २२ सय पुगेको छ ,पेट्रोलियम पदार्थमा कति मूल्य पुगेको छ हेरौँ न , उहाँले भन्नुभयो,‘ केपी ओली नेतृत्वको सरकारका पालामा ८४ रुपैयाँ लिटरमा पाइने पेट्रोल १ सय ८० नाघेको छ, यसमा पनि यो सरकारलाई कुनै मतलव छैन । ’ जनताका समस्या समाधानमा यो सरकारले कुनै चासो नदिएको बताउँदै संजेलले एमालले विकास निर्माणका धेरै कामलाई अगाडी बढाएकाले गठबन्धन त्यसमा पनि कांग्रेस आत्तिएको टिप्पणी गर्नुभयो ।
‘राष्ट्रियताको सवाल , सुरुङ मार्ग र रेल संचालनमा एमाले लागिरहँदा कांग्रेस माओबादी सहितको दल खाली जनतालाई महङ्गीको मार बोकाउँदै हिडीरहेको छ । ’ उहाँले टिपपणी गर्नुभयो । कांग्रेसले ललितपुरमा आफूहरुले गरेको विकास निर्माणका कुराको जस लिइरहेको ठोकुवा गर्नुभयो । ‘तपाइँहरु जस्तो वर्गले अब बुझ्ने बेला आएको छ । दुधको दुध पानीको पानी छुट्टाउने बेला आएको छ । ’, संजेलले थप्नुभयो । ललितपुरमा कांग्रेसले नसकेर गठबन्धन गरेको मिलेको छ । क्षेत्र नम्बर २ र ३ का टिकट नपाएका कांग्रेसका नेता धुरु धुरु रोइरहेका छन् । उहाँको आश्राङ सडक बनाउने योजना छ ।