समाचार

नेपाल चलचित्र कलाकार संघको चरम लापरबाही, आज मुद्दा दर्ता गरिँदै…

बाबुलाल स्याङ्तान तामाङ ललितपुर ।
नेपाल चलचित्र कलाकार संघको निर्वाचन कार्यतालिका प्रकाशित भए संगै चारैतिरबाट बिरोध
भएको छ। संघको आगामी चैत्र ४ गते हुने निर्वाचनमा संघको विधान विपरीतका उम्मेदवारहरु मात्रै रहेको विभिन्न विधामा संलग्न कलाकारहरुको भनाइ रहेको छ।कलाकार दिपशिखा खड्काले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छ,

“म कलाकार संघको सदस्य थिए मैले स्व.रामकेशर बोगटी ज्यू,आदर्णीय दाई नवल खड्का ज्यू “मलाई याद भए सम्म उहा हरुलाई भोट् पनि दिएकी छु तर अहिले कलाकार संघमा मेरो नाम नै रहेनछ 2023 मा हुन गैरहेको चुनावको लागि म मेरो कार्ड रिनिउ गर्न गएकी थिए लामो समय बिदेशमा रहेको कारण मेरो कार्ड रिनिउ भएको थिएन पटक-पट्क कलाकार संघ जादा पनि मैले कार्ड रिनिउ गर्न पाइन कारण थियो ढट्टामा मेरो नाम नभेटिनु, ढट्टामा नाम नहुनु मेरो दोष हो कि कलाकार संघको यसको जवाफ कस्ले दिन्छ ? हामी खबर गर्छौ भन्नु भएको थियो चुनाव आउन लागि सक्यो खबर आएन अब खबर लिन कहाँ जानु पर्ने हो ? चुनाव आयो भनेर उफ्रेर मात्र त हुँदैन होला सदस्यहरुलाई उचित सेवा र सुबिधा त दिनु पर्ला सस्था भए पछी….
जुन सस्थाको म सदस्य नै होइन भने कलाकार संघको कार्ड कहाँबाट आयो म सँग ??”

वास्तवमा संघको विधान बमोजिम सदस्यता लिन पाँचओटा ठूलो पर्दाको चलचित्रमा अभिनय गरेका कलाकारहरु मात्रै योग्य मानिन्छ, तर सवारी चालक र सहचालक लगायत अन्य गैर कलाकारहरुले समेत सदस्यता लिइ निर्वाचनमा उम्मेदवारी दिइएकाले यस सम्बन्धमा वास्तविक कलाकारहरुबाट चौतर्फी बिरोध आउनु स्वभाविक देखिन्छ।
चलचित्र कलाकार संघ भनेको सम्पुर्ण कलाकारहरुको साझा घर हो।यहाँ वास्तविक कलाकारहरु मात्रै हुनुपर्छ । तर संघको बेइजत गरि चरम दुरुपयोग गरेको र चलचित्र क्षेत्रको थुप्रै बरिस्ठ र वास्तविक कलाकारहरुको कार्ड जानजान नवीकरण नगरी कलाकारलाई मतदानबाट बन्चित गरिएको हुनाले त्यस्ता बेथितिका विरुद्ध चुनाव रोक्न्न र सम्पुर्ण गैर कलाकारको कार्ड एका एक गरि खारेज गर्न मुद्दा दर्ता गर्न लागिएको बक्स अफिस दैनिकले जनाएको छ ।

Related Articles

Back to top button