समाचार

ललितपुर क्षेत्र एकमा निर्वाचन आयोगको तयारी पुरा

प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन आउन करिब एक साता मात्र बाकी रहेको छ।निर्वाचन लाई शान्तिपुर्ण बनाउन र निर्वाचनको लागि आवश्यक तयारी के भैरहेको छ भन्ने बिषयमा ललितपुर क्षेत्र एकका निर्वाचन अधिकृत बालकृष्ण निरौला संग कलियुग न्युजका प्रधान सम्पादक नवराज कार्कीले गर्नु भएको कुराकानीको सारसंक्षेप ।

निर्वाचन आयोगको तयारी कसरी अगाडि बढिरहेको छ ?

अन्तिम तयारी लगभग पूरा भैसकेको छ।मतदान स्थल हरुमा सुरक्षा टोलि हरु पुग्नेक्रम जारी छ त्यस अन्तर्गत बागमतीको आस्राङ र माहाङ्कालको गोटिखेलमा नेपाली सेनाको क्याम्प बसिसकेको छ मतपत्र लगाएत अन्य सामग्रीहरु १ मंसिर भित्र सबै मतदान स्थलमा पुर्याइसक्ने हाम्रो योजना रहेको छ।

एस क्षेत्रमा कति ओटा बुथ रहन्छ ?

ललितपुरको क्षेत्र एक अन्तर्गत बागमती गाउपलिकामा १६ ओटा,कोन्ज्योसोम गाउपालिकामा १२ ओटा,माहाङ्कालमा १३ ओटा र गोदावरी नगरपालिकामा ५१ ओटा गरि जम्मा ९२ बुथ रहन्छ।जस मध्ये ५३ ओटा मदान स्थल रहने छ।कुनै ठाउमा ५ ओटा रहन्छ भने प्राय दुई ओटा रहन्छ।

मत पेटिका लाई कसरी सुरक्षीत साथ ल्याउने तयारी रहेको छ?

मतदान सकिएको करिब एक घण्टा भित्र सर्वदलीय बैठक बसेर मदपेटिका ल्याउने काम हुन्छ।जिल्ला सुरक्षा समिती निर्वाचन आयोग र प्रहरी प्रमुखको समन्वयमा अगाडि नेपाल प्रहरीको गाडि बिचमा मत पेटिका बोक्ने गाडी र पछाडी ससस्त्र प्रहरिको गाडिले स्कटिङ गरेर मत पेटिका ल्याउने तयारी भएको छ। जस अन्तर्गत बागमतीमा १० ओटा कोन्ज्योसोममा ५ ओटा माहाङ्कालमा ७ ओटा र गोदावरी नगरपालिकामा १८ ओटा गाडी प्रयोग गरेर मत पेटिका निर्वाचन आयोगको कार्यलमा ल्याइन्छ।

मतदान सम्पन्न भएको कति समयमा मत पेटिका आयोगमा आइपुग्छ?

भौगोलिक बिकटता भएको ललितपुर क्षेत्र एकमा ठुला दुर्लुङ देखि मत पेटिका ल्याउनु पर्छ त्यस कारण मतदान सकिएको ५/६ घण्टा भित्र सबै बुथमा रहेको मतपेटिका आयोगमा आइसक्ने छ।

मत पेटिका आएको कति समय पछि मतगणना सुरु हुन्छ ?

दलका प्रतिनिधि कर्मचारी सहितको सर्वदलीय बैठकको निर्णय अनुसार भोलि पल्ट बिहान ९ बजे सम्ममा मतगणना सुरु भैसक्छ। यो पटक ३ ओटै मतपत्र संगै गनिने भएको हुदा कुल परिणाम आउन धेरै समय नलाग्ने देखिन्छ।

कुल मतदाताको संख्या कति रहेको छ ?

ललितपुर क्षेत्र एकमा ७४ हजार ३९७ मतदाता रहेकोमा पुरुष ३७ हजार २२७ र महिला ३७ हजार १९९ जना रहेका छन भने अन्यमा एक जना रहेको छ।जस अन्तर्गत प्रदेश क मा पुरुष १८ हजार ३३७ महिला १८ हजार ४४५ र अन्य गरि जम्मा ३६ हजार ७८३ रहेका छन।प्रदेश ख मा पुरुष १८ हजार ८९० महिला १८ हजार ७२४ गरि जम्मा ३७ हजार ६१४ मतदाता रहेको छ।

निर्वाचन आचारसंहिता उलंघनको उजुरी कतिको परेको छ ?

मोबाइल म्यासेन्जर लिखित रुपमा केही उलंघनका जानकारी आएका छन।हाल सम्म ५/७ वटा उजुरी परेको छ जस मध्य जनप्रतिनिधि हरु आफ्नै स्थानमा भोट मागिरहेको भन्ने गुनासो अलि बढी प्राप्त भएको छ एसबारे आयोगले तत्काल छानविन गर्ने छ।

गत बैशाखमा सम्पन्न स्थानिय निर्वाचनमा ललितपुर क्षेत्र एक मा करिब ७०% मत खसेकोमा आसन्न निर्वाचनमा त्यो भन्दा बढी मत खस्ने देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button