समाचार

ललितपुर एकका स्वतन्त्र उम्मेदवार घिमिरे द्वारा सात सुत्रीय माग सहित आमरण अनशन सुरु

ललितपुर ,ललितपुर क्षेत्र एकका स्वतन्त्र उम्मेदवार डा सचिन घिमिरे सात सुत्रीय माग सहित आमरण अनसन बस्नु भएको छ।

संघ तथा प्रदेससभा सदस्य निर्वाचन आउन केही दिन मात्र बाकी रहदा घिमिरे अनसन बसेका हुन।राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टि चुनाव चिन्ह लिएर ललितपुर क्षेत्र एक बाट स्वतन्त्र उम्मेदवार रहेका डा घिमिरे आज बाट अनशन बसेका हुन।

ललितपुर क्षेत्र एकका निवर्तमान संसदले कति बजेट ल्याएका हुन कति खर्च गरेका छन आय ब्यय सार्वजनिक गर्नु पर्ने,गोदावरी नगरपालिकाले तत्काल बाँदर ब्यबस्थापन गर्नु पर्ने,टाखेल चौतारा नजिक विद्युतको ट्रान्सर्फमर रुखमा छोएकोले तत्काल रुख काट्नु पर्ने,चौघरेको गोमा थिङ र चन्द्रबहादुर तामाङको आर्थिक अवस्था कमजोर भएकोले स्थानीय सरकारले प्रबिधि शिक्षा निसुल्क गरिदिनु पर्ने।आस्राङ लुकुनी बेसि स्थाइ बासिन्दा भएका भोज कुमारी सञ्जेलका दुई नाता नातिनीहरुको स्थानिय सरकारले लालनपालन र आवश्यक शैक्षिक खर्च ब्यबस्थापन गरिदिनु पर्ने,कोन्ज्योसोमका दल बाहादुर बिश्वकर्मा घुडा रोगी,सुमन घेवा तथा बागमती माल्टाका स्मारिका मिश्र मृगौला पिडित सहितको उपचार स्थानिय सरकारले तत्काल गर्नु पर्ने र गोदावरी नगरले किसोरिलाइ खुवाएको आइरन चक्किको जनस्वास्थ्य औचित्य प्रमाणित गर्ने गरि सात बुदे माग राखेर अनसन बसेका हुन।

स्थानीय सरकार ले जनताको साना साना मागहरुलाइ सम्बोधन नगरी निर्वाचनमा भोट मागेर हिड्नु त्यति उचित नभएको बताउदै माग सम्बोधन नभएसम्म अनसन बसिरहने बताउनु भयो। गोदावरी नगरपालिका १३ झरुवारासिका घिमिरे मानवशास्त्री चिकित्सक हुन। ललितपुर स्थिति टाखेलमा घिमिरे अनशन बसिरहेका छन।सम्भवत नेपालमा चुनावको मुखैमा उम्मेदवार अनसन बसेको पहिलो घटना हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button