समाचार

गोदावरीमा प्रथम मेयर कप हुँदै प्रथम हुनेलाई रु ५ लाख

ललितपुर ,यही वैशाख १५ गतेबाट गोदावरी नगरपालिकामा फुटबल प्रतियोगिता सुरु हुने भएको छ।

गोदावरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा प्रवक्ता मिलन सिलवालका अनुसार उक्त खेलमा १५ टिमले भाग लिनेछन् । घरेलु मैदानमा गोदावरी नगरपालिकाले दुई टिम सहित सहभागिता जनाउनेछ भने बाँकी १४ स्थानीय तहको सहभागिता रहनेछ। काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहहरू २१ वटामध्ये १४ वटाले भाग लिएका छन्। प्रथम हुने टिमले रु ५ लाख नगदसहित पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले ३ लाख पुरस्कार प्राप्त गर्नेछ। उक्त कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने भएका छन् ।

गौरवको योजना अन्तर्गत गोदावरी बहुउद्देश्यीय योजनामा गोदावरी खेलमैदानमा उक्त खेलकुद हुने नगरप्रमुख गजेन्द्र महर्जनले जानकारी दिए। खेलकुद संयोजक निरोज बज्राचार्यका अनुसार उक्त खेललाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न करिब १५० जति जनशक्ति खटाइने भएको छ। यसअघि पनि गोदावरी नगरपालिकाले खेल क्षेत्रमा थुप्रै लगानी गर्दै आएको छ। धेरै युवाहरू माझमा चर्चित रहेको खेल फुटबलले पर्यटन महोत्सवको रुपमा पनि मनाउन सकिने र गोदावरीको सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको पहिचान स्थापित हुने आयोजकले बताएका छन्।

Related Articles

Back to top button