राजनीति

ललितपुर एक प्रदेश `ख´ मा कांग्रेस नेता महर्जन भारी मतान्तरले विजयी

ललितपुर ,ललितपुर–१ अन्तर्गत ख प्रदेश सभा सदस्यको लागि बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका युवा नेता मीन कृष्ण महर्जनले भारी मत सहित बिजयी भएका छन।

गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार महर्जनले नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेल लाई ४ हजार २ सय १४ मतान्तरले पछि पार्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

महर्जनले १३ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका सञ्जेलले ९ हजार १ सय ६४ मत प्राप्त गरेका छन् । महर्जन र सञ्जेल २०७४ सालको प्रदेशसभा निर्वाचनमा पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो । ०७४ मा सञ्जेलले १२ हजार ८ सय ६६ मत प्राप्त गरी वागमती प्रदेशसभा सदस्यमा विजयी हुँदा महर्जन ११ हजार ७ सय ४२ मत प्राप्त गरी उपविजेता हुनुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button