समाचार

प्युटार घट्टेखोला खानेपानी आयोजनाको सर्वे सम्पन्न

ललितपुर ,बागमती गाउँपालिका अध्यक्ष लोप्चनको विशेष पहलमा बागमती प्रदेश सरकार बाट ७५ लाख रुपैयाँ बजेट विनियोजित भएको छ।

बागमती गाउँ पालिका-४ प्युटारमा रहेको घट्टेखोला खैरेनी खानेपानी आयोजनाका लागि बजेट विनियोजन भएको हो।एस खानेपानी आयोजना को सर्वे समेत सम्पन्न भैसकेको छ।

आयोजना बाट प्युटार ,खैरेनी,फुर्केडाँडा लगायत अन्य ठाउँको गरि १५० घरधुरी लाभाविन्दित हुने छन। खानेपानी आयोजना ल्याएपछि अध्यक्ष लोप्चनको चौतर्फी प्रशंसाा समेत भइरहेका छ।

आयोजना सम्पन्न भइसके पछि त्यस स्थानको बासिन्दाहरुको खानेपानीको समस्या समाधानको साथै बढी भएको पानी बाट खाली रहेका जमिन हरुमा कृषि उत्पादन गरि स्थानीय आत्मानिर्भर हुन सहज हुने प्युटार खैरेनी निवासी सुरेश घलेले बताएका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button