समाचार

देवी माविलाई प्रेम परिवारद्वारा भूमिदान

ललितपुर ,गोदावरी नगरपालिका वडा नम्बर ७ मा रहेको श्रीदेवी माविमा चालु श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सफलतातर्फ अगाडि बढिरहेको छ।कार्यक्रममा दान तथा सहयोग गर्नेको संख्या निरन्तर अगाडि बढिरहेको छ।

श्री देवी मावि प्राविधिक शिक्षालय बनाउने उद्देश्यले श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको हो| गोदावरीको एकमात्र प्रयाप्त कृषिक्षेत्र भएको यस वडामा कृषि प्राविधिक धार सुरु गरेर सेवा दिन योजना बनाएको छ| यसैक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले दान गर्ने क्रममा स्थानीय प्रेम प्रसाद घिमिरे तथा प्रेमकुमारी घिमिरे परिवारबाट एक रोपनी जग्गा दान गर्नका साथै करिब तीन लाख ७५हजार भन्दा बढी नगद सहयोग भएको छ।

दान दातालाई गरिने सम्मान अनुसार घिमिरे परिवारलाई बाजागाजा बजाएर परिक्रमा गर्नुको साथसाथै बिशेष सम्मान समेत गरेको मूल समारोह समितिका संयोजक गिरीप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो| भागवत सप्ताह ज्ञान महायज्ञ तथा वृहत देवीचौर शैक्षिक मेला यही पौष ३०गतेसम्म निरन्तर रहनेछ।

सामुदायिक विद्यालयकाे स्तराेन्नतिका लागि १ राेपनी भूमिदान र नगद ३ लाख ७५ हजार भन्दा धेरै दान गर्नुहुने श्रध्देय प्रेमप्रसाद घिमिरे र प्रेमकुमारी घिमिरेलाई विद्यालयले सुस्वास्थ्य तथा दीर्घायुकाे कामना समेत गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button