समाचार

गोदावरीमा सात दिने स्काउट एडभान्स तालिम सम्पन्न

ललितपुर , नेपाल स्काउट बागमती प्रदेशको संयोजन र स्थानीय स्काउट कार्यालय गोदावरी नगरपालिकाको आयोजनामा नेपाल स्काउटको ५१ औं उडव्याज तथा ४४ औं गल्र्स स्काउट एड्भान्स तालिम भव्य रुपमा सम्पन्न भएको छ ।

ललितपुरको गोदावरी नगरपालिका स्थित सेन्ट जेभियर्स स्कूलमा माघ २ गतेदेखि माघ ८ गतेसम्म सञ्चालित तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारी थिए । उनले तालिममा सहभागी बागमती प्रदेशका विभिन्न जिल्लाका स्काउटरहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

तालिमका कोर्ष लिडरहरुमा पुरुषतर्फ सत्य नारायण शाही र महिला तर्फ विजयश्वरी अमात्य थिए ।

सहभागी प्रशिक्षार्थीहरुलाई राष्ट्रिय प्रशिक्षकहरुले तालिममा स्काउटिङ्गका विभिन्न विषय वस्तुम तालिम प्रदान गरेका थिए ।

नेपाल स्काउट, बागमती प्रदेशका स्काउट संयोजक शिवराम अर्यालको अध्यक्षतामा भएको तालिमको समापन सत्रका प्रमुख अतिथि लोक बहादुर भण्डारीले स्काउटिङ्ग शिक्षा बालबालिकाको सर्वाङ्गिण विकास र प्राकृतिक विपतको साथी भएको टिप्पणी गरे । स्काउट शिक्षाले विद्यालयतहका बालबालिकाहरुलाई असल नागरिक बनाइ सक्षम व्यक्ति जन्माउने भएकोले स्काउट तालिम आवश्यक रहेको उनले बताए ।

समारोहमा गोदावरी नगरपालिकाका उपप्रमुख मुन अधिकारीले अब हरेक बिधालयमा स्काउटलाई विस्तारमा लागि पर्न आग्रह गरिन । उनले स्काउट व्रिmयाकलापलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धाता व्यक्त गर्दै सहभागीहरुलाई सफलतापुर्वक तालिम सम्पन्न गरेकोमा धन्यबाद व्यक्त गरिन ।

स्काउट एडभान्स तालिम शिक्षाको आवश्यकता भएको बुझेर नै बागमती प्रदेश कार्यालयले तालिमको संयोजन गरिएको बागमती प्रदेशका संयोजक शिवराम अर्यालको जोड रहेको थियो । उनले तालिम सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

७ दिन लामो प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले पनि तालिम निकै प्रभावकारी भएको र नेपाल स्काउटको यो प्रयासले युवाहरूमा सकारात्मक परिवर्तनको संकेत गरिदिएको बताए ।

तालिममा सहभागी सनि शाक्यले प्राप्त तालिमबाट युवामा सकारात्मक सोचको विकास गराउन, सामुहिकतामा काम गर्न नेपाल स्काउटको यो तालिम महत्वपूर्ण भएको बताए ।

ललितपुरमा पहिलो पटक एडभान्स तालिम पहिलो पटक आयोजना गरिएको र सो तालिम भव्य रुपमा सम्पनन्न भएको गोदावरी स्काउटका संयोजक दिपक अर्यालले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button