शिक्षा

सामुदायिक क्याम्पसमा प्राध्यापनरत शिक्षकहरुका लागी ५ दिने लेखन कार्यशाला सुरु

ललितपुर ,त्रिभुवन विश्वविद्यालय खुला तथा दूर शिक्षा केन्द्रको आयोजना र जन भावना क्याम्पसको संयोजनमा आज देखि ५ दिन सम्म त्रिविमा कार्यरत शिक्षकहरुको लागी Academic Writing for Social Transformation क्षमता विकास गर्ने उद्देश्य राखी कार्यशाला सञ्चालन भएको छ ।

५ वटा Regional Hub बनाएर कार्यशाला सञ्चालन भइरहेकाे र एउटा Regional Hub मा सामुदायिक क्याम्पसमा प्राध्यापनरत शिक्षकहरुका लागी जन भावना क्याम्पसले संयोजन गरेकाे हाे । जन भावना क्याम्पसका प्रमुख तथा खुला तथा दूर शिक्षा केन्द्रका बोर्ड सदस्य शिवराज संजेलले कार्यशालामा सहभागी हुनुहुने शिक्षक शिक्षिकाहरुलाई स्वागत गर्नुभयो ।

कार्यशालामा बागेश्वरी क्याम्पस भक्तपुर , जनमैत्री क्याम्पस काठमाडौँ , सुकुना क्याम्पस मोरङ , कपन क्याम्पस काठमाडौँ , त्रियुगा क्याम्पस , तेजङगा क्याम्पस , पशुपति बहुमुखी क्याम्पस , श्री फुलचोकी क्याम्पस ललितपुर , आदिकवि भानुभक्त क्याम्पस तनहुँ र जन भावना क्याम्पसमा कार्यरत २८ जना शिक्षक शिीक्षकाहरु सहभागी हुनुभएको छ । आजको कार्यशालाको उद्घाटन US Embassy Regional English Language Office का प्रमुख डा . नविला मौसमीले कार्यशालाको व्यानरमा हस्ताक्षर गरेर सुरु गर्नुभयो । उद्घाटन कार्यक्रममा त्रिभुवन विश्वविद्यालय खुला तथा दूर शिक्षा केन्द्रका निर्देशक डा गंगाराम गौतम , रेलोका विश्वराज गौतम लगायतले कार्यशालाको औचित्यको बारेमा प्रस्ट पार्नुभएको थियो ।

५ दिन सम्म चल्ने कार्यशाला लाई त्रिभुवन विश्वविद्यालय खुला तथा दूर शिक्षा केन्द्रका अशोक सापकोटा , महेन्द्र मोरङ बहुमुखी क्याम्पसका समाजशास्त्र विभाग प्रमुख डा चन्द्र उपाध्याय र शिक्षा विकास तथा अनुसन्धान केन्द्रका उप प्राध्यापक डा कमलराज देवकाेटाले कार्यशालाको सहजीकरण गर्नुहुने छ । आयोजकले कार्यशाला सम्पन्न हुँदा शिक्षकहरुले क्याम्पसबाट प्रकाशित हुने जर्नलमा अनुसन्धान मुलक लेख आउने अपेक्षा राख्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button