समाचारसाहित्य

इकुडोलमा पर्यटन बिकासको लागि खुल्ला कबिता बाचन प्रतियोगिता हुने

ललितपुर ,बागमती गाउपालिका -५ इकुडोलमा पर्यटन विकास र प्रबर्द्धनको निमित्त खुल्ला कविता वाचन प्रतियोगिता हुने भएको छ।

आगामी माघ २८ गते हुने कार्यक्रममा बागमती गाउपालिका वडा नम्बर ५ इकुडोल भित्र रहेका पर्यटकीय स्थल र सम्भाबित पर्यटकीय स्थानहरुको पहिचान गरि भबिष्यमा पर्यटकीय गन्तव्य बनाउन सकिने कुराहरुलाई समेटेर कवितात्मक सिर्जना प्रस्तुत गर्ने तीन जना प्रतिस्पर्धीहरुलाई पुरस्कृत समेत गरिनेछ। वडा कार्यालय इकुडोलको आर्थिक सहयोग र कलियुग मिडिया प्रा.लिको संयोजनमा हुन लागेको कार्यक्रम जनजागृति मा.विको प्राङ्गणमा हुने भएको छ।

आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित पार्ने गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यक्रम संयोजक बाबुलाल स्याङ्तान तामाङले बताउनु भयो।इकुडोलको माझखण्डमा रहेको बौद्ध विहार, रुद्रेश्वोर मन्दिर, रमिते डाँडा लगायतको पर्यटकीय स्थलहरुलाई विकसित गर्दै लैजाने हो भने आन्तरिक र बाह्य पर्यटकको लागि राम्रो गन्तव्य बनाउन सकिने उहाँले बताउनु भयो।

राजधानीबाट नजिक रहेर पनि विकासका पुर्वधारबाट बन्चित रहेको दक्षिण ललितपुरको महत्वपूर्ण समस्या भनेकै मोटरबाटो हो। वर्षाको समयमा माझखण्ड जाने बाटो चिप्लिएर गाडी उक्लन नसकिने हुँदा आन्तरिक तथा बाह्य पर्यटकहरुले सास्ती भोग्नु परेको यथार्थ जगजाहेर नै छ। यहाँ उत्पादन हुने अर्गानिक तरकारी र दुग्धजन्य पदार्थ लगायतका बस्तुहरु समेत बजार पैठारीमा समस्या हुने गरेको छ।विशेषत: पर्यटकहरु यहाँ मन्दिरको तथा बौद्ध विहारको दर्शन गर्न,पिकनिक मनाउन, स्वच्छ हावापानी, शुद्ध अर्गानिक खाध्यबस्तुहरु लगायत हिमाल र तराईका सुन्दर दृश्यहरुको अवलोकन गर्न आउने हुँदा यहाँका जनताको आर्थिक स्तरमा समेत वृद्धि हुने उहाँले बताउनु भयो ।

Related Articles

Back to top button