शिक्षासमाचार

गोदावरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

ललितपुर माघ १५ गतेबाट सुरु भएको गोदावरी नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ।

गोदावरीको सेन्ट जेभियर्समा तीन दिनसम्म संचालन भएको प्रतियोगितामा कुल ३५ स्पर्धामा मेडल तथा प्रमाणपत्र वितरण गरिएको गोदावरी शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत पदम बहादुर कुँवरले जानकारी दिनुभयो| विजेताहरुले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन्| एथलेटिक्स तर्फका दौड,रिले दौड ,सर्ट पुट,ज्याब्लिङ थ्रो,भलिबल ,कबड्डी ,कराँते लगायतका खेलहरु सहभागी गराइएको शाखा प्रमुख दिननाथ पन्थीले जानकारी दिनु भयो ।

विजेतालाई मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरिएको छ।गोल्ड मेडलका आधारमा प्रथम,द्वितीय र तृतीय हुने विद्यालयका लागि नगद जनही तीस हजार , पच्चीस हजार र बीस हजार पुरस्कारको व्यवस्था गरिएको थियो। जसअन्तर्गत गोदावरीको सेन्ट जेभियर मावि प्रथम भएको छ भने ललितपुर चापागाउँमा रहेको वाणी विलास मावि दोस्रो र ठैवको फुल्चोकी मावि तेस्रो भएको घोषणा अधिकृत कुवँरले गराउनु भयो ।ललितपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का सांसद माननीय उदय शमशेर राणाले उद्घाटन गर्नुभएको कार्यक्रमको समापन बाग्मती प्रदेश सभा सदस्य मीनकृष्ण महर्जनले गर्नुभएको थियो|कार्यक्रम गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको अध्यक्षतामा भएको थियो ।कार्यक्रममा सहभागी खेलाडीले आफूहरूले ठूलो अवसर पाएको बताएका छन् ।

Related Articles

Back to top button