खेलकुदसमाचार

बुदोकैदोका सहायक प्रशिक्षक श्रेष्ठ फुलकन्ट्याक्ट करातेको प्रमुख प्रशिक्षकमा सरुवा

ललितपुर राष्ट्रिय खेलकुद परिषद अन्तर्गत फुलकन्ट्याक्ट करातेको प्रमुख प्रशिक्षक पदमा सिहान काजीमान श्रेष्ठ नियुक्त भएका छन् । यसअघि सिहान प्रेमनाथ श्रेष्ठ कार्यरत रहेकामा उमेरहदका कारण अनिवार्य अवकाशमा परेपछि परिषदले बुदोकैदोका सहायक प्रशिक्षक रहेका श्रेष्ठलाई प्रमुख प्रशिक्षक पदमा नियुक्त गरेको हो ।

परिषदको बिहीबारको सचिव स्तरीय निर्णयबाट सोही दिनदेखि लागू हुनेगरी समान पद,श्रेणी तथा सेवा कायम हुने गरी श्रेष्ठलाई प्रमुख प्रशिक्षक पदमा सरुवा गरिएको परिषदका तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माद्वारा जारी गरिएको पत्रमा उल्लेख छ ।

यसअघि प्रमुख प्रशिक्षक प्रेमनाथ श्रेष्ठ ५९ वर्षको उमेरहद पार गरी अनिवार्य अवकाश लिएका हुन् । काजीमान श्रेष्ठ प्रमुख प्रशिक्षकमा सरुवा भएपछी देश तथा विदेशका खेलप्रेमी तथा फुलकन्ट्याक्ट कराते संघहरुबाट बधाई तथा कार्यकाल सफलताको शुभकामना आउने क्रम जारी छ । साथै परिषदका सदस्य सचिव टंकलाल घिसिङले पनि श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

Related Articles

Back to top button