समाचार

वातावरणका लागि सञ्चार : रेडियो पर्यावरणको २ दशकको यात्रा

दिपक आचार्य ( सामुदायिक सुचना नेटवर्क CIN )रेडियो पर्यावरण २० वर्षमा प्रवेश गरेको अवसरमा माघ २१ गते रेडियोको प्राङ्गणमा एक कार्यक्रम गरेर रेडियोको भावि नीतिको बारेमा छलफल भयो ।

जनप्रतिनिधी, वातावरण विज्ञ, समाजसेवी, मानवअधिकारकर्मी र सञ्चारकर्मीको सहभागितामा भएको कार्यक्रममा पर्यावरण रेडियो र पर्यावरण टेलिभिजनलाई अझै प्रभावकारी ढंगले समय सापेक्ष तवरले सञ्चालन गर्ने बारेमा छलफल भएको थियो ।

गोदावरी क्षेत्रको वातावरणको संरक्षणको लागि योगदान गर्दै आउनु भएको र वातावरण संरक्षणका लागि जनचेतना अभियान्ताको रुपमा ३० वर्षदेखी काम गर्दै आउनु भएका संस्थाका अध्यक्ष डा. अष्टमान किसी महर्जनले दिवसको अवसरमा भएको कार्यक्रममा राखेको भनाईले मलाई यो लेख लेख्नको लागि उत्प्रेरित गर्यो । साच्चै, युवा जागरण पर्यावरणीय मञ्चसंस्थाद्वारा प्रकासित युवा जागरण पर्यावरणीय मञ्च मासिक पत्रिका, सञ्चालन गरिएको रेडियो, वातावरणीय पुस्तकालय र बिभिन्न अभियानहरुले गोदावरी क्षेत्रलाई मात्रै नभएर पुरै काठमाण्डौं उपत्यका र सरकारलाई सचेत गराउने र वातावरण संरक्षणमा प्रतिवद्ध गराउने काम गरेको थियो ।
हामीले फेर्ने सासको लागि चाहिने प्राणबायुलाई शुद्ध राख्ने काम र हाम्रो वरपरको वातावरण स्वच्छ र सफा राख्ने काम सबै भन्दा महत्वपुर्ण हो।

त्यसका लागि हामिले अभियान गर्नु पर्दछ, यसै क्षेत्रमा सेवा गर्नु पर्दछ भन्ने कुरा मनमा लागेर नै धेरै अवसरहरुलाई छोडेर म रेडियोको स्थापना भन्दा धेरै अघिदेखी नै युवा जागरण पर्यावरणीय मञ्चमा काम गर्न थाले अभियानमा सहभागि भए ।

रेडियोको कार्यक्रम निर्देशकको जिम्मेवारी पाएपछि त पुरै समय रेडियो र युवा जागरण पर्यावरणीय मञ्चको गतिविधिमा बिताए र हामिले धेरै उदाहरणीय काम पनि गर्न सक्यौं । गोदावरी क्षेत्रको सिम्लाभिरमा भएको ढुङ्गा खानीलाई बन्द गराई त्यहाँ मनकामना मन्दिर स्थापना गर्ने कामका लागि हामीले धेरै राम्रो भूमिका खेल्न सकेका थियौं, त्यहाँ एउटा बुद्धको ठूलो मुर्ती पनि हामीले स्थापना गराएका थियौं ।
गोदावरी खोला सरसफाईदेखी उपत्यकाको सरसफाईका लागि मिडियाको माध्ययमबाट हामी निरन्तर लाग्यौं, कालो धुवा फाल्ने ट्याम्पु हटाउनको लागि २० माईक्रोन भन्दा कमको प्लास्टिक बन्द गर्न पर्दछ भन्ने अभियानमा हामी निरन्तर जुट्यौं ।

वातावरण संरक्षणमा गोदावरीमा जुन उदाहरणीय काम गर्न सकिएको छ नागरिकमा सचेतना फैलाउन सकिएको छ त्यसमा सञ्चारको क्षेत्रबाट युवा जागरण पर्यावरणीय मञ्चले गरेको कार्यलाई सबैले सम्झने गरेका छन् । वातावरण सम्बन्धी युवाहरुलाई सचेत गराउने कार्यमा अन्तराष्ट्रिय अभियानमा र संघसंस्थासँग पनि निरन्तर जोडिदै आएको युवा जागरण पर्यावरणीय मञ्च आईयुसीएनको राष्ट्रिय वोर्डमा रहेको छ भने धेरै अन्तराष्ट्रिय संस्थाहरुमा आवद्ध रहेको छ ।

Related Articles

Back to top button