समाचार

विशंखुनारायण माविमा स्काउट दिक्षान्त सम्पन्न,विद्यार्थीलाई रोटरी क्लब अफ ललितपुरको सहयोग

ललितपुर ,ललितपुरको गोदावरी नगरपालिका १ स्थित गोदामचौरमा रहेको विशंखुनारायण माध्यमिक विद्यालयको स्काउट दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ ।

स्काउट दिक्षान्त समारोहको उद्घाटन गोदावरी नगरपालिकाका प्रमुख एंवम गोदावरी नगर स्काउटका संरक्षक गजेन्द्र महर्जनले गरेका थिए । विद्यालयमा एक कार्यक्रमको आयोजना गदै ३५ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको हो ।नगर भित्र रहेका सम्पुर्ण विद्यालयहरुमा स्काउट अभियान सन्चालन गर्न गोदावरी नगरपालिकाको लक्ष्य अनुसार नगरपालिका बाटै विद्यार्थीहरुलाई पोशाक उपलब्ध गराईएको थियो

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर स्काउटका संरक्षक महर्जनले नगर क्षेत्रमा स्काउटको विकासका लागि कुनै कसुर बाँकी नराख्ने र स्काउट शिक्षा लाई ब्यवहारमा उतार्दै अनुशासीत भएर अघि बढ्न विद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।यस्तै स्काउटमा दिक्षित भएका विद्यार्थीहरुलाई रोटरी क्लब अफ ललितपुर ृडिसट्रीक्ट ३२९२े ले जुता र विद्यालयका लागि खेलकुद सामाग्री सहयोग गरेको थिए । क्लबका अध्यक्ष सरोज ढङगोलले दिक्षित विद्याथीहरुको उज्वल भविष्यको शुभकामना दिदै स्काउटले मानीसलाई अनुशासनमा बाध्नुका साथै असल शिक्षा र सस्कार दिईरहेको बताए । यस्तै उनले आगामी दिनमा गोदावरी नगर स्काउट सगँ थप सहकार्य गर्न आफुहरु तयार रहेको बताए ।

विद्यालयका प्रअ इश्वर ध्वज कार्कीको सभापतित्वमा आयोजना भएको कार्यक्रममा नगर स्काउटका संयोजक दिपक अर्याल, रोटरी क्लबका प्रतिनिधिहरु , विद्यालयका स्काउट शिक्षक राजेन्द्र ध्वज कार्की ,ठैब रोभर रेन्जर क्रयुका रोभर लिडर जगदिश्वर क्षेष्ठ , ठैब रोभर रेन्जर क्रयुका रोभर रेन्जरहरुको सहभागिता रहेको थियो ।

Related Articles

Back to top button