समाचार

महाँकालका पूर्व विद्यार्थीले गरे सरोकारवाला सँग अन्तरक्रिया

कृष्ण संञ्जेल ललितपुर , श्री महाँकाल माध्यमिक विद्यालय गोटिखेलको शैक्षिक गुणस्तर तथा स्तर उन्नतिका लागि एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । माहाँकाल गाउँपालिका अध्यक्ष गणेश बहादुर केसी जिल्ला समन्वय समिति ललितपुरका ऋषिदेव फुयाँल माहाँकाल गाउँपालिका वडा नं. ३ गोटिखेलका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोज पराजुली वडा नं. २ मानिखेलका अध्यक्ष ज्योनी न्यासूर वडा नं . ५ का अध्यक्ष भुमिनन्द घिमिरे लगायत सरोकारवालाहरु विद्यालयका शिक्षक अभिभावकहरु सँग महाँकाल पूर्व विद्यार्थीहरुले अन्तरक्रिया गर्नुभएको छ ।
अन्तरक्रियामा श्री महाँकाल माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई नयाँ प्रविधिको प्रयोग गरी मल्टीमिडिया मार्फत विद्यार्थीहरुलाई सिकाई प्रक्रियामा सहभागी गराई महाँकालका विद्यार्थीहरुलाई विश्व बजारमा बिक्न सक्ने बनाउने थियो । जिल्ला समन्वयका प्रमुख ऋषिदेव फुयाँलले विद्यालयको अनुगम गर्ने अधिकार समन्वयलाई भएकाले गुणस्तर शिक्षाको विकास गर्न आफुले सहयोग गर्ने बताउनुभयो । माहाँकाल गाउँपालिका अध्यक्ष गणेश बहादुर केसीले भखरै शिक्षा ऐन बनेकाले पालिका भरिका २६ ओटा सामुदायिक विद्यालयको गुणस्तर एउटै हुने धारणा राख्नुभयो । महाँकाल पूर्व विद्यार्थी संघका अध्यक्ष लक्ष्मण प्रसाद घिमिरेले २०३८ सालबाट एसएलसी दिन सुरुवात गरेको विद्यालयले धेरै राम्रो विद्यार्थी उत्पादन गरेर विश्वका ठूला देशमा पुग्नुभएको तथा देशका सरकारी तथा निजी क्षेत्रमा योगदान पु्याएको बताउँदै उहाँले आफ्नो जन्मस्थान र आफुले अध्ययन गरेको विद्यालयलाई राम्रो बनाउन संघले सधै साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Related Articles

Back to top button