समाचार

पाँच वर्ष भित्र महाङ्काल गाउँपालिका भित्रको सम्पुर्ण सडक पिच गरिने: फुयाँल

ललितपुर ,विविधतामा एकता:सुशासन र समृद्धि हाम्रो प्रतिबद्धता भन्ने मुल नारा सहित महाङ्काल गाउँपालिकाको एघारौं गाउँसभाको अधिवेशन गत फाल्गुन १५ गते सोमबार महाङ्काल गाउँपालिका स्थित गोटिखेलमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पुर्व अर्थराज्यमन्त्री माननीय उदय शमशेर राणाज्यूको प्रमुख आतिथ्य र बागमती प्रदेश सभा सदस्य माननीय मधुसूदन पौडेलज्यूको विशेष आतिथ्य रहेको थियो। त्यस्तै अतिथिहरुमा ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषि देव फुयाल, निवर्तमान पालिका अध्यक्ष रामचन्द्र दाहाल, ने.का. प्रतिनिधि सभा क्षेत्र न. १ का क्षेत्रीय सभापति सुन्दर मान थिङ्ग,नेकपा एमाले गाउँ कमिटीका अध्यक्ष पुरुषोत्तम हुमागाई, रा.प्र.का गाउँ कमिटीका अध्यक्ष माधव प्रसाद घिमिरेज्यू लगायत अन्य वुद्धिजिवी,बौद्धिक ,प्रबुद्ध बर्गहरुको गरिमामय उपस्थिति रहेको थियो।

गाउँ अधिवेशन कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्दै ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषि देव फुयाँलले  आफ्नो पाँच बर्षे कार्यकालभित्र उपत्यकाबाट महाङ्काल गाउँपालिका जोड्ने सडक
जसरी पनि कालोपत्रे गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो।

कार्यक्रम महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेश बहादुर के.सी को सभापतित्वमा सम्पन्न भएको थियो ।

Related Articles

Back to top button