समाचार

गोदावरीको देबिचौरमा बिद्यालय भवन शिलान्यास

ललितपुर ,गोदावरी नगरपालिका-७ देविचौर बाबियागाउँमा रहेको ज्वाला देबि आधारभुत बिद्यालयको नयाँ भवन शिलान्यास भएको छ।

सोमबार सम्पन्न एक कार्यक्रमको बिच जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल द्वारा शिलान्यास गरिएको उक्त बिद्यालय बि सं २०१७ सालमा स्थापना भएको हो।वडा कार्यलय देबिचौरको प्रत्यक्ष सहयोगमा निर्माण हुन लागेको उक्त भवन लाई आवस्यक सहयोग जिल्ला समन्वय समितिको रहेने जि स स प्रमुख फुयालले बताउनु भयो।राम्रो शिक्षा प्राप्त गर्ने बालबालिकाहरुको अधिकार लाई भौतिक पुर्वधारकै कारणले शिक्षा लिन बाट कोहि पनि बन्चित हुनु नहुने भन्दै फुयालले आगामी दिनमा शिक्षा स्वास्थ जस्तो महत्वपूर्ण बिषयमा हामी सक्रिय रुपमा लाग्ने समेत प्रस्ट पार्नु भयो।

कार्यक्रममा वडा अध्यक्ष मथुरा प्रसाद शर्मा बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष शिक्षक बिद्यार्थी अभिभावक साथै स्थानिय बासी हरुको उपस्थित रहेको थियो।

Related Articles

Back to top button