समाचार

ललितपुरको माहालक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचन निर्बिरोध,नेबि संघले पायो सभापती

ललितपुर –गत फाल्गुन ३० गते माहालक्षमी नगरपालिका ललितपुरको लुभुमा रहेको माहालक्ष्मी क्यम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनकाका नयाँ पधाधिकारी निर्बिरोध चयन भएका छन। सबै संगठनको एउटै साझेदारी प्यानल बनाएर उम्मेदवारी दिएको स्वबियु सभापति सहित सबै पद निर्बिरोध भएको हो।

स्वबियु निर्वाचन निष्पक्ष भएरहित बातावरणमा सम्पन्न गर्न माहालक्ष्मी क्याम्पस निर्वाचन समिति २०७९ द्वारा स्व वि यु निर्वाचन निर्देशिकाको दफा ६ को उप दफा ३ अनुसार कार्यक्रम तालिका प्रकासन गरि स्वतन्त्र विधार्थी युनियन निर्वाचनको लागि फागुन ३० गते बसेको संयुक्त बैठकले आगामी चैत्र ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि परेका उमेदवारहरु संयुक्तरूपमा दर्ता गर्ने निर्णय भए संगै स्वतन्त्र विधार्थी युनियन निर्वाचन समितिले निर्वाचनमा दर्ता भएका सबै उमेदवारीहरुको अन्तिम नावाली तपसील अनुसार प्रकासन गरि निर्वाचनमा तपसिल अनुसारका उमेदवारहरु तपसिल पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी गरेको हो।

निर्बिरोध निर्वाचित पधाधिकारी हरुमा सभापति रण बहादुर बोहोरा(ने बि संघ) उपाध्यक्ष रोजिना गिरी (अखिल क्रान्तिकारी) सचिव भुवन साउद (नेवि संघ) सहसचिव निशा खड्का(अखिल क्रान्तिकारी) कोषाध्यक्ष मनिष सिवाकोटी (अखिल क्रान्तिकारी) सदस्यहरु रमिला राई (अखिल क्रान्तिकारी) गंगा सापकोटा (अखिल क्रान्तिकारी) नवीन दनुवार (नेवि संघ) विनिता सेञ्चुरी (नेवि संघ) ऋृतु कुवार( नेवि संघ) विनय नेम्कुल (नेवि संघ) रहेका छन।

त्रिभुवन बिश्वबिद्धालय लगाएत अन्य आंगिक क्याम्पसहरुमा चैत्र ५ गते स्वबियो निर्वाचन हुने कार्यतालिका रहेको छ।

Related Articles

Back to top button