समाचार

गुरुङको उपचारको लागि स्टार नेपाल ग्रुपद्वारा आर्थिक सहयोग

ललितपुर ,पोखरा महानगरपालिका वडा नं. ११ फुलवारीस्थित विश्व गुरुङको उपचार गर्नका लागि आर्थिक सहयोग गरिएको छ ।

ढाडको उपचारमा आर्थिक समस्या भएपछि स्टार नेपाल सहयोगी ग्रुपले ६८ हजार २०० रुपैयाँ पीडितलाई सहयोग गरेको हो । मलेसियामा रहेका हरि पाण्डेको संयोजकत्वमा जुटेको रकम ग्रुपको तर्फबाट रकम हस्तान्तरण गरिएको छ ।बिहिवार उपचातत गुरुङलाई उक्त रकम हस्तान्तरण गरिएको संयोजक हरि पाण्डेले जानकारी दिए । उनका अनुसार विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की जिल्ला शाखाको अध्यक्ष बिमला भन्डारीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थितलाई स्टार नेपाली सहयोगी ग्रुपले धन्यवाद ज्ञापन गरेको छ । साथै विश्व गुरुङको उपचारको लागि कुसल समाजसेवि व्यक्ति बिरहि प्रेम लगायतले आर्थिक सहयोग गरेका छन् ।

गुरुङको उपचारको लागि बिरहि प्रेम (दुवई), चादनि गिरि (दुवई), राधिका आचार्य (अमेरिका), बिन्दु साउद (कैलाली), सरिता केसि (कास्की,पोखरा), सङ्गिता ठकुरि (रुपन्देही, बुटवल), सङ्गिता केसि (नवलपरासी), दिया चौहान (ताप्लेजुङ), सुजता थापा (सिन्धुलि), उमा उपाध्याय (रुपन्देही, बुटवल), सुमिरा राई (कुबेत), मिना कदरिया (काठमाडौं), सीता सिग्देल (नुवाकोट), गोकुल अधिकारी (हेटौडा), प्रमिला क्षेत्रि (ईलाम), सरिता भुजेल (अमेरिका), अनिता तामाङ (काठमाडौ), धर्ना हमाल ठकुरि ( रुपन्देही, बुटवल), लक्ष्मी श्रेष्ठ (काठमाडौ), सरस्वती पान्डे (अर्घाखाँची) लगायतले आर्थिक सहयोग गरेका छन् ।

Related Articles

Back to top button