शिक्षासमाचार

एस ई ई परिक्षाको लागि ललितपुर बाट करिब १० हजार विद्यार्थी सहभागी

नवराज सञ्जेल आरजे,ललितपुर – यसवर्षको SEE परीक्षा   २०७९ साल चैत्र १७ गतेदेखि सुरु हुँदैछ।  उक्त परीक्षामा ललितपुरबाट ९७८९ विद्यार्थी सहभागी हुँदैछन् ।जिल्लामा ७७ वटा सामुदायिक विद्यालय तथा २०७ वटा संस्थागत विद्यालय गरी कुल २ सय ८४ वटा विद्यालय छन् ।  २८४ वटा विद्यालयका लागि ३५ वटा परीक्षा केन्द्रको व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका  परीक्षा शाखा प्रमुख  विश्वास रोका मगरले जानकारी दिनुभयो ।

जसमध्ये सामुदायिक विद्यालयबाट २७४० विद्यार्थी मात्र सहभागी  हुँदैछन् ।संस्थागत तर्फभने ७ हजार ४९ विद्यार्थी सहभागी हुनेछन् । सामुदायिक विद्यालय तर्फको घट्दो विद्यार्थी प्रति शैक्षिक व्यक्तित्वहरुले चिन्ता व्यक्त गरेका छन् । जिल्लाका पाँचवटा प्राविधिक धारका विद्यालयबाट जम्मा १ सय ३४ जना विद्यार्थीले मात्र अध्ययन गर्ने गरिएको तथ्याङ्कमा देखिएको छ ।

खुला विद्यालयबाट भने यसवर्ष ६२ विद्यार्थी सहभागी हुँदैछन । ललितपुर जिल्लामा दुई वटा खुल्ला विद्यालय छन् । परीक्षा केन्द्रमा पुग्ने अनुगमन र परीवेक्षण गर्ने क्रममा विद्यार्थीहरुलाई असर पार्ने काम गर्न नहुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख निम प्रकाश राठौरको मत छ। मोबाइल तथा विद्युतीय सामग्री केन्द्रमा लैजान निशेध गरिएको छ । जिल्लाभित्रका ३५ वटा परीक्षा केन्द्रमा ३५ जना केन्द्राध्यक्ष , जना ६७ जना सहायक  केन्द्राध्यक्ष, ४८८ जाने नीरिक्षक , ९८ जना परीक्षा सहायक तथा १९५ जना कार्यलय सहयोगी लगायत सुरक्षाकर्मी खटिनेछन्।

सामुदायिक विद्यालयमा संस्थागत भन्दा तीन दोब्बर कम विद्यार्थी छन् । यसरी हेर्दा निःशुल्क तथा अनिवार्य भनेको शिक्षाप्रति विद्यार्थीहरूको आकर्षण घट्नु  बारे खोज्न जरुरी छ ।१७ विद्यार्थीले ग्रेड वृद्धि गर्दैछन् । परीक्षामा स्थानीय तहले समेत समन्वय गर्नेछन।जिल्लाका सबै स्थानीय तहमा परीक्षा केन्द्र छन। गाउँपालिका अन्तर्गत महाकालको गोटिखेल महाकाल मावि ,कोन्ज्योसोमको चौघरे वाघ भैरव मावि र वाग्मतीको प्युटारको कालिदेवी माविमा परीक्षा केन्द्र राखिएका छन।

Related Articles

Back to top button