समाचार

प्याङगाउँमा निशुल्क आमश उपचार शिविर चल्दै

ललितपुर ,गोदावरी नगरपालिका वडा नम्बर ११ मा अवस्थीत प्राचिन वस्ती प्याङगाउँमा सात दिने निशुल्क आमश उपचार शिविर चलिरहेको छ । स्वर्गिक मार्ग संघ नारी नेपाल उपत्यका शाखाको आयोजनामा गएको चैत ११ गतेदेखि चलिरहेको निशुल्क उपचार शिविरमा बुधबार मध्यान्हसम्म ८ सय बढिले सेवा लिएको शिविर संचालन ब्यवस्थापन समितीका अध्यक्ष समाजसेवी चरसुन्दर मर्हजनले जानकारी दिए ।

आत्म, मन र शरीरलाई नै समेट्ने गरी यो उपचार विधी गरिने सेमिङ गुरु नेपालले बताए । उनका अनुसार हेभेन्ली निर्वाना पाथ अनुसार यो उपचार पद्धती चल्छ । आफूसँगका भएका शक्तिलाई मेरिटेसनका माध्यमद्धारा हिलरको साधनाबाट एकत्रित गर्दै विरामीको शरिरमा स्पर्श गरेर यो उपचार गरिने उनले बताए र्। अहिलेको समाजमा हरेक ब्यक्ति एउटा न एउटा स्वास्थ्य समस्याबाट ग्रसित रहेको छ । औडा शक्तिबाट विरामीको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सकिन्छ ,हत्केला र औलाबाट शक्ति जाने गर्छ , उनले भने र्, कुनै धर्म विशेष नभएपनि प्रेमवादको दर्शन अनुसार सबैको उदेश्य शान्ति हो ।

प्याङगाउँको सामुदायिक भवनमा चलिरहेको शिविरमा प्यारालाइसिस, ग्याष्ट्रिक, गानो गोला , माइग्रेन, उच्च रक्तचाप , सुगर , पिनास , खाना नपच्ने , युरीक एसिड, हातगोडा दुख्ने लगायतका स्वास्थ्य समस्याको उपचार भइरहेको गोदावरी नगरपालिका नेपाल रेडक्रस सोसाईटी चापागाउँका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिए ।

यो शिविरलाई प्याङगाउँ युवा समुह , प्याङगाउँ महिला समुह, महादेव यूवा क्लब, प्याङगाउँ संस्कृति संरक्षण युवा समाज, कालेश्वर बासुरी खलले साथ दिएका छन् । उपचार सेवा दिन भारत पश्चिम बंगालबाट आएका शंकर मुखीयाले पन्च तत्वलाई प्रयोग गरेर गरिने आमश उपचार पद्धतीले शरिर भित्र रहेको इम्युनिटी सिस्टमका सेलहरुलाई बचाएर राख्न सघाउ पु¥याउँने बताए । उनका नुसार यसले ब्याक्टेरिया र आइरसलाई मारेर इम्युनिटी पाओर बढाउँछ ।

Related Articles

Back to top button