समाचार

गिम्दी वडा अध्यक्षलाई फर्जी काम गरेको स्थानियको आरोप

ललितपुर –बागमती गाउँपालिका – ७ गिम्दी ललितपुरका वडा अध्यक्ष होम प्रसाद बजगाई द्वारा उपभोक्ता समितिको माइनट किर्ते गरेको आरोप स्थानीय हरुले लगाएका छन।

कटुवा च्यान्डाडा ओडारे मोटर बाटो निर्माणको लागि गाउँपालिका बाट रु दुई लाख बजेट छुटिएकोमा उक्त कार्य संचालन गर्न बनेको उपभोक्ता समितिको वडा अध्यक्ष होम प्रसाद बजगाईले किर्ते हस्ताक्षर गरि फर्जी समिती निर्माण गरेको स्थानीयले आरोप लगाएका छन।गत आसोज २ गते बसेको बैठकमा उपस्थित नभएका ब्यक्ती हरुको समेत नाम उल्लेख गर्दै किर्ते हस्ताक्षर गरेको आरोप लगाएका हुन।

स्थानिय्का  अनुसार  उक्त दिन उठाइएका माइनटमा गिम्दीमा हुँदै नभएको मान्छेको नाम दाखिला गरि निर्णय गरेको छन।बिना जानकारी एस्तो गर्नु दुर्भाग्य पुर्ण रहेको मगर बताउछन् ।त्यसो त अर्का स्थानिय कृष्ण प्रसाद ढोडारी पनि आफू बैठकमा उपस्थित भएको छैन तर पनि मेरो नाम र हस्ताक्षर दुरुपयोग गरियो।समिती कति खेर बनायो कसरी बनायो त्यो मलाइ थाहा छैन तर मेरो र श्रीमितिको नाम (सरिता तिल्मलसिना)र मेरो नाम लेखेर फर्जी गरेको सुन्नमा आएको छ अर्का स्थानिय कृष्ण प्रसाद तिमल्सिना बताउछन् ।उनी भन्छन मेरो नाम कृष्ण तिमल्सिना हो ।म प्राय अंग्रेजिमै हस्ताक्षर गर्छु तर माइनटमा मेरो नेपाली हस्ताक्षर देखियो, हुन त कृष्ण नाम गरेको दुई जना छौ मेरै टोलको काम हुदा अर्को टोलको कृष्ण आएनन होला उनी अगाडि भन्छनन।

मेरो घरमा बाटो पुर्याइदिन्छु भनेर मलाइ ललाइ फकाइ अध्यक्ष राखे समिती बन्दा ४/५ जना भन्दा अरु मान्छे पनि थिएन ।म प्राय बजार बस्छु मेरो व्यापार छ मैले गाउको मान्छे पनि चिन्दिन वडा अध्यक्ष बजगाइले मेरो घरमा बाटो पुर्याइदिन्छु अध्यक्ष बस भनेर भनेपछी ४/५ जनाको रोहबरमा अध्यक्ष बनेको हो तर मेरो घर सम्म बाटो आएन,आउछकी भनेर मैले २/४ सय लिटर तेल सुद्द किनेर दिए तर पनि बाटो आएन ।मेरो लगानी र आत्माबिस्वास मा प्रश्न उठे पछि मैले बाटो खन्न रोकेको हो उपभोक्त समिती अध्यक्ष रेनुका सापकोटा बताउछन् ।सापकोटा अगाडि भन्छन मेरो घरमा बाटो आउँछ भनेर मलाइ अध्यक्ष राखे अहिले न मेरो घरमा बाटो आयो न मैले गरेको लगानी फिर्ता ।

यहि प्रसङ्ग लाई लिएर वडा अध्यक्ष होम प्रसाद लाई केही सोध्ने प्रयास गरेका थियौ।तर उहाँले फोनमा सबै कुरा नबताउने भन्दै दुई घर लाई बाटो लानु छ काहाको समिती बन्छ? उल्टै मैले मैनट गर्दा सबै उपस्थित थिए बिचमा कस्ले किर्ते गर्यो गर्यो मलाइ थाहा छैन भन्दै जिम्मेवारी बाट पन्छिएका छन ।

 

Related Articles

Back to top button