समाचारस्वास्थ्य

छिमेकी देश भारतमा एकै दिन ५ हजारमा कोरोना पुष्टि

मिलन शर्मा घिमिरे ,ललितपुर भारतमा पछिल्ला केही दिनयता कोरोना भाइरसको संक्रमण लगातार बढ्दो क्रममा रहेको छ । यसैबीच पछिल्लो २४ घण्टामा भारतमा थप ५ हजार ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।

यसअघि बुधबार भारतमा ४ हजार ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको थियो जुन गत वर्षको २५ सेप्टेम्बरयताकै धेरै थियो । अहिले भारतमा सबैभन्दा बढी सक्रिय संक्रमित केरलमा रहेका छन् ।केरलमा ८ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । त्यसपछि महाराष्ट्रमा करिब ४ हजार सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट भारतमा ६ जनाको मृत्यु भएको छ भने करिब २८ सय संक्रमणमुक्त भएका छन् ।

केही दिनदेखि छिमेकी मुलुक भारतमा समेत कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६ फैलिइरहेको छ । भारतमा जनवरीमा पहिलो पटक उक्त भेरियन्ट देखिएको हो । त्यसयता भारतमा संक्रमण फैलिइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूमा पनि संक्रमण पुष्टि भएको छ । भैरहवास्थित बेलहिया नाका र नेपालगन्जको जमुनाह नाकाबाट भित्रिनेहरूको सीमास्थित हेल्थ डेस्कमा परीक्षण गर्दा कोरोना पुष्टि भएको छ ।कान्तिपुर बाट..

 

Related Articles

Back to top button