बागमतिमा कर्मचारीतन्त्रको पराकाष्ठ,कर्मचारी जोगाउन झुटको खेती

नवराज कार्की,ललितपुर – देश संघियतामा भए संगै सिहदरबार बाट हुने हरेक काम कार्वाही स्थानिय तहमा सरेको छ। आम नागरिकको सामान्य कामको लागि पनि सदरमुकाम धाउनु पर्ने बाध्यात्मक अवस्थालाई केही हद सम्म भएपनी आम नागरिकले आफ्नो घर आंगन बाट सेवा पाउनु सकारात्मक पक्ष हो। जनता बाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि साथै स्थानीय तहमा कार्यरत कर्मचारी बिचको समानतर सेवा बाट आम जनता खुसी छन भने त्यो स्थानिय तह सफल भएको मान्न सकिन्छ।
दक्षिण ललितपुरमा रहेको बागमती गाउँपालिकामा भने एस्तो अवस्था छैन।कर्मचारी र जनप्रतिनिधिहरु दुई फ्याकमा बिभाजित भएको छ।सिधा अर्थमा भन्ने हो भने कर्मचारीले जनप्रतिनिधिलाई टेर्दैन र जन प्रतिनिधिले कर्मचारीलाई ।जनताको अभिमत प्राप्त गरि निर्वाचित भएको जनप्रतिनिधिहरु संग छुटै प्रकारको घमण्ड छ भने मनलाग्दी पाराले हिड्ने कर्मचारी आफ्नै पारामा छ्न।
गत मंगलबार कार्यलय समयमा गाउपालिका छिर्दा सबै फाट हरु कर्मचारी बिहिन थिए । राजस्व फाट,सुचना फाँट, लेखा ,प्रसासकिय फाट,सहकारी फाट र पंजिकरण शाखा सबै खालीनै थिए।मुस्किलले लेखामा एक जना र पंजिकरण शाखामा रहेका दुई कर्मचारी बाहेक अरु कर्मचारी लाई कार्यलय समयमा उपस्थित हुनु पर्छ भन्ने ज्ञान समेत रहेनछ। केही कर्मचारी ११ बजे पछि मात्र कार्यालय छिरे हाजिरी गरे।केही कर्मचारी काहाँ छन अत्तोपत्तो छैन न लिखित बिदा मागेको कुनै प्रमाण छ न मौखिक जानकारी, हामिले किन कार्यालय ढिला आउनुभो भन्दा एक कर्मचारीको रेडिमेट उत्तर थियो पलिकाको कामले ढिला भयो,बिडम्बना तिनीले दिएको रेडिमेट उत्तर पत्याउने कुनै अधारनै थिएन।
हामिले कर्मचारीहरुको हाजिर देखाइ दिन आग्रह गर्दा लेखा फाटका एक कर्मचारीले हाकिम बाट स्वीकृत लिएपछी मात्र देखाउन मिल्ने आसय व्यक्त गर्नु भो।हामिले प्रमुख प्रसासकिय अधिकृत राम दत्त भट्ट लाई फोन गर्ने प्रयास गर्यौ उहाको फोन अफ थियो।रोचक कुरा के थियो भने अधिकृत भट्टको फोन सोही दिन सांझ ६ बजे सम्म पनि सम्पर्क बिहिन नै थिए।सार्वजनिक पदधारण गरेका ब्यक्ती त्यसमा पनि प्रसासकिय अधिकृत जस्तो पदिय जिम्बेवारी बहन गरेका ब्यक्तिलाइ फोनै अफ गरेर बेपत्ता हुनु हुदैन भनेर कस्ले सम्झाउने कस्ले बुझाउने?
सिस्टम बसालेर काम गर्छु भन्नू बागमतिमा फलामको चिउरा चपाउनु जस्तै हो।दुई महिना भैसक्यो तलब पाएको छैन,जनताबाट निर्वाचित जनप्रतिनिधिहरु तोक लगाउछन पठाउछन, आफै ठूलो बन्न खोज्छन् कर्मचारी संग समन्वय गर्न चाहादैनन हामिले कसरी मिलाउने अहिलेको अवस्था एस्तो छ मनभरी पीडा बोकेरै भएपनी एक कर्मचारिले जनप्रतिनिधि लाई आक्षेप लगाउन भ्याइहाले।
माथिको घटनाक्रम लाई लिएर हामिले बागमती गाउँपालिका अध्यक्ष बिरबाहादुर लोप्चन लाई यो के भएको होला भनेर जिज्ञासा राख्दा कुनै जानकारी नभएको स्पस्ट पार्नु भो। प्रसासकिय अधिकृतले मिलाउनु पर्ने हो उहाँ आफै बिना जानकारी हिडिरनु भएको छ मैले के गर्नु।
गत मंगलबार अधिकृत भट्ट संग सम्पर्क हुन नसकेपछि बुधबार हामिले सम्पर्क गर्ने प्रयस गरेका थियौ।हामिले गरेको टेलिफोन संबादमा तपाको फोन किन अफ भनेर सोध्दा मेरो तीन चार ओटा नम्बर छ कुन मा फोन गर्नुभो हामिलाइ थाहा छैन ठाडो जवाफ पायौ।त्यसो त गाउपालिका सुचना अधिकृत मिलन शर्माले कार्यबाहक दिएर जानू भएको थियो भन्ने कुरो भोलि पल्ट जानकारी दिनुभयो तर अधिकृत भट्टले भने कसैलाइ कार्यबाहाक नदिएको स्पस्ट पार्नु भयो।यसरी हेर्दा कर्मचारी भित्रनै ठूलो चलखेल र लुछाचुडी भएको स्पस्ट देख्न सक्छौ। कर्मचारी लाई सहि मार्ग देखाउने र नियम संगत काम गरेर स्थानिय जनतालाइ सन्तुष्ट पार्ने कर्मचारीको एस्तो तरिका पक्कै न्याय संवत् छैन।
स्थानीय सरकार जनताको सरकार हो।आएका सेवा ग्राही हरुलाइ निसंकोच सेवा प्रदान गर्नु जनप्रतिनिधि कर्मचारी दुबैको काम हो।जनताको सेवा गर्छु भनेर अभिमत बटुलेर आएका प्रतिनिधि हुन या सेवानै गर्छु भनेर बसेका कर्मचारी आपसमा दोषारोपण गरेर जनतालाइ दुख दिने छुट कसैलाइ छैन।सार्वजनिक पद धारणगरेका जनप्रतिनिधि हुन या कर्मचारी समन्वय गरेर अगाडि जानुको विकल्प छैन।