समाचार

गोदावरी नगर स्काउट द्धारा निःशुल्क स्काउट पोसाक वितरण

ललितपुर ,स्थानीय स्काउट कार्यलय गोदावरीले नगरपालिकामा रहेका , बुुद्ध माध्यमिक विद्यालय , वाणीविलास माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयका १७० विद्यार्थीहरु लाई स्काउट पोसाक वितरण गरेको छ ।

नगरपालिकामा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुुख एवंम गोदावरी स्काउटका संरक्षक गजेन्द्र महर्जन,नगरपालिका उपप्रमुख एवंम प्रमुख स्काउट मुना अधिकारी,प्रमुुख प्रशासकीय अधिकृत प्रविन कोइराला र नगरपालिकाका शिक्षा शाखाका प्रमुुख एवंम नगर स्काउटका सदस्य सचिव दिनानाथ पन्थीले पोसाक हस्तानतरण गरेका हुुन ।

बालबालिकालाई स्काउट पोशाक वितरण कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुुख गजेन्द्र मर्हजनले बालबालिका तथा युवा वर्गलाई शारिरीक, मानसिक र बौद्धीक विकास गरी उनिहरुलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागि गराउन नेपाल स्काउटले महत्वपूर्ण भुमिका खेल्ने बताए । नगरपालिका भित्रका हरेक विद्यालयका बाललबालिकाहरुलाई स्काउटिङ शिक्षा पुयाउने लक्ष्यका साथ उक्त कार्यक्रम सन्चालनमा ल्याएको र अहिलेको समयमा स्काउटिङ शिक्षा अनिवार्य रहेको उनको भनाई थियो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुुख एंवम नगर स्काउटका प्रमुख स्काउट मुना अधिकारीले समाजको सेवामा सधै दत्तचित्त भएर अघि बढ्न आग्रह गर्दै स्काउट सधै निस्वार्थ भावले अघि बढ्न आग्रह गरिन । कार्यक्रममा स्वागत मन्तब्य राख्दै शिक्षा शाखा प्रमुख एवंम गोदावरी नगर स्काउटका सदस्य सचिव दिनानाथ पन्थीले बालबालिकाले सानै उमेर देखि सामाजिक सेवाभाव प्रति आर्कशित गराउन,शान्ति,सुुशासन, मेलमिलापका बारेमा बुझाउन स्काउटले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक देवराज घिमिरेले गोदावरी नगरपालिकाले स्काउट शिक्षालाई प्राथमीकताका साथ अघि बढाएकोमा शुभकामना ब्यक्त गदै नगर स्काउटको विकासका लागि सधै राष्ट्रिय प्रधान कार्यलय साथमा रहेको बताए । उक्त पोसाक वितरण कार्यक्रममा गोदावरी नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत प्रविण कोईराला , गोदावरी नगर स्काउटका संयोजक दिपक अर्याल, गोदावरी नगर कमिटी सदस्यद्य राजेन्द्रध्वज कार्काी , कनैहा श्रेष्ठ ,प्रतिका सिलवाल , नरेश मर्हजन , नगर स्काउटका प्रमुख सल्लाहकार जगदिश्वर श्रेष्ठ , वाणी विलास माविका प्रअ प्रवीण प्रकाश श्रेष्ठ , बुद्ध माध्यमिक विद्यालयका प्रअ प्रेम पति जोशि विद्यालयका शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो

Related Articles

Back to top button