समाचार

गृहमन्त्रीले गरे सुनगाभा साहित्यिक पत्रिकाको २४ औँ अंक सार्वजनिक

ललितपुर, डा सत्यमोहन जोशीको १०४ औँ जन्म जयन्तीको अवसरमा सुनगाभा साहित्यिक पत्रिकाको २४ औँ अंक आज नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले सार्वजनिक गर्नुभएको छ ।

लोक साहित्य परिषद् ललिपुरले वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीको जन्म जयन्तीको अवसरमा सप्ताहव्यापी साहित्य तथा सामाजिक कार्यक्रम गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले सत्यमोहन जोशीले नेपाली कला साहित्य भाषाको विकास गर्न उहाँले खेल्नुभएको भूमिकाको चर्चा गर्नुभयो ।

एक दशक लामो संघर्षबाट राजनैतिक परिर्वतन आएको बताउनुभयो उहाँले भन्नुभयो वर्तमान सरकारले भ्रष्टाचारको अन्य गर्न लागेको बताउँदै जनताहरुले पुरानो राजनैतिक गतिविधिहरु मन नपराएको भन्दै अब सबै राजनैतिक दलहरु सुध्रनुपर्ने बताउनुभयो । उहाँले नेपाललाई समुन्नत बनाउन सरकार र सार्वजनिक संघ संस्थाहरु मिलेर अगाडि बढ्नुपर्छ भन्नुभयो । प्रदेश सांसद रामकृष्ण चित्रकारले सत्यमोहन एक जना व्यक्तिले देशको लागि उल्लेखनीय काम गर्नुभएको भन्र्दैै इच्छा शक्ति भए जे पनि गर्न सकिन्छ । गृह मन्त्री सँग पनि इच्छा शक्ति छ अब केही राजनीतिमा परिर्वन आउँछ उहाँले भन्नुभयो ।

सुनगाभा साहित्य सदनका अध्यक्ष राम सुन्दर केसीले सत्यमोहन जोशी सदनको सल्लाकार भएको बताउनुभयो । उहाँले नेपाली भाषा र साहित्यको विकासमा खेल्नुभएको भूमिकालाई मुक्तकण्ठले प्रशंसा गर्नुभयो । लोक साहित्य परिषदका अध्यक्ष राजित बहादुर श्रेष्ठले नेपाली कला साहित्यको विकास गर्न सरकारको ध्यानाकर्षण गर्दै सत्यमोहन जोशीको नाममा अक्षयकोष स्थापना गर्न सरकारबाट सहयोग पाउने अपेक्षा राख्नुभयो ।

Related Articles

Back to top button