समाचार

कालीदेवीमा वाककला

ललितपुर ,कालीदेवी माध्यमिक विद्यालयमा सञ्चालन भएको वाककला तालिमबाट विद्यार्थी प्रशिक्षित भएका छन्|

शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशको सहयोगमा कालीदेवी माध्यमिक विद्यालयले उक्त कार्यक्रमको आयोजना गरेको हो|जेष्ठ ४ र ५ गते आयोजना गरिएको कार्यक्रमले विद्यार्थीको क्षमता विकास गराउने उद्देश्य रहेको विद्यालयका सहायक प्रधानाध्यापक गोविन्दप्रसाद तिमल्सिनाले बताउनुभयो| कार्यक्रममा कक्षा ६ देखि १० सम्मका ४० विद्यार्थी सहभागी थिए ।

सहभागी विद्यार्थीलाई वाक कला, सकारात्मक चिन्तन ,माइक्रोफोनको प्रयोग ,कार्यक्रमको ढाँचाको बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान दिएको थियो| कार्यक्रमको सहजीकरण रेडियो सगरमाथाका वरिष्ठ कार्यक्रम प्रस्तोता नवराज सञ्जेलले गर्नुभएको थियो| यस्तै तालिममा सहभागी सम्पूर्ण विद्यार्थीहरुले प्रयोगात्मक उद्घोषण कक्षा समेत लिएका थिए ।उक्त तालिमबाट सबैमा सकरात्मक सञ्चार भएको र उद्घोषण कलाको बारेमा ज्ञान प्राप्त भएको सहभागीले बताएका छन्|

शिक्षा निर्देशनालय बागमती प्रदेशले विभिन्न सामुदायिक विद्यालयमा विद्यार्थी सुधारका व्यवस्थापनका कार्य गर्दै आएको छ|वागमती -२ ,माल्टामा रहेको उक्त विद्यालयले यस वर्ष शिक्षक ,विद्यार्थी ,व्यवस्थापन समितिका पदाधिकारी ,बाल क्लबका पदाधिकारीको क्षमता विकास ,विद्यालय शैक्षिक सुधारमा लागेको प्रधानाध्यापक महेश घिमिरेले बताउनु भयो।

Related Articles

Back to top button