समाचार

नेपाली कांग्रेस ललितपुरको पालिका सम्मेलन सम्पन्न

ललितपुर,नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरले जिल्लाका ७१ वटै वडामा वडा सम्मेलन सम्पन्न गरेको छ।

कांग्रेसले जिल्लाका सबै वडामा जिल्ला प्रतिनिधि खटाएर बैशाख ३० गते सम्मेलन सम्पन्न गरेको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैशाख १० गतेको परिपत्र बमोजिम जेठ मसान्त भित्र जिल्लाका सबै तहको सम्मेलन सक्ने गरि जिल्ला कार्यसमितिले तालिका बनाएर सम्मेलन गरेको जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले जानकारी दिए।

जिल्ला कार्यसमितिको तालिका अनुसार वैशाख ३० गते वडा, जेठ ६ गते पालिका, जेठ १३ गते प्रदेश, जेठ २० गते क्षेत्रीय सम्मेलन गर्ने तयारी गरेको छ । जस अन्तर्गत आज ललितपुरका ६ वटा पालिका मध्ये ५ वटा पालिका हरुमा एकैसाथ पालिका सम्मेलन सम्पन्न भएका छन्। पालिका सम्मेलनका लागि जिल्लाका पदाधिकारी प्रतिनिधिका रुपमा खटिएका छन् ।

महांकाल गाउँपालिकामा सहसचिव गणेश केसी, वागमती गाउँपालिकामा अर्का सहसचिव ऋषिदेव फुँयाल,कोन्ज्योसोम गाउँपालिकामा सचिव राजन प्रसाद घिमिरे खटिएका छन्। त्यस्तै गोदावरी नगरपालिकामा सचिव वशिष्ठ अधिकारी, महालक्ष्मी नगरपालिकामा उप सभापति शुदर्शन घिमिरे र ललितपुर महानगरपालिकामा जिल्लाका प्रभावशाली युवा नेता मथुरा प्रसाद घिमिरे खटिएका छन्। सम्मेलनलाई ललितपुरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य उदय शम्शेर राणा, महालक्ष्मी नगरपालिकामा केन्द्रीय सदस्य जीतजंग बस्नेत, वागमती गाउँपालिकामा केन्द्रीय सदस्य धना खतिवडा,कोञ्ज्योसोम गाउँपालिकामा केन्द्रीय सदस्य एवं वागमती प्रदेश सदस्य उर्मिला के सी र महांकाल गाउँपालिकामा वागमती प्रदेश सहमहामन्त्री ऋषिराम घिमिरेले सम्बोधन गरेका थिए।

सम्मेलनमा कांग्रेस कार्यकर्ताले स्थानीय विकास, पार्टीका पछिल्ला गतिविधिका बारेमा प्रश्न गरेका छन्। उनीहरुले नेपाली कांग्रेस पुरानै ढाँचाले चलेको , भस्ट्राचारमा लिप्त भएको भन्दै आक्रोश पोखेका छन्। आज विविध कारणले रोकिएको गोदावरी नगर सम्मेलन जेठ १२ गते गर्ने जिल्ला सचिव एवं प्रतिनिधि वशिष्ठ अधिकारीले बताए।

Related Articles

Back to top button