शिक्षासमाचार

गोदावरी नगर भित्रका ३ बिद्यालयमा शैक्षिक सामग्री बितरण 

ललितपुर ,चाइना फाउन्डेशन फर पोभर्टी एलिभिएसनको आर्थिक सहयोगमा र ग्लोवल को-अपरेशन फर डेभलमेन्टको सहकार्यमा शैक्षिक सामाग्री (पाण्डा प्याक) वितरण गरेका छन् । कार्यक्रम गोदावरी नगरपालिका ललितपुरका ३ वटा विद्यालयमा विद्यार्थीहरुको न्युनतम आवश्यकता पुर्ति गर्ने उदेश्यले स्कुल ब्याग, स्टेस्नरी सामाग्री, हाईजिनीक प्याक, लगाएत १९ थरीको सामाग्रीहरु बितरण गरिएको थियो ।

गोदावरी नगरपालीका-५ लेलेको जयलकुमारी आधारभूत विद्यायलयमा नर्सरी देखि ५ कक्षा सम्मका ९२ जनालाई त्यसैगरी, देविचौर-७ भिमसेन आदर्श माध्यामिक विद्यालयमा २७३ जना र छम्पी-९ गणेश आधारभूत माध्यामिक विद्यालयमा ५९ जना गरी जम्मा ४२४ जना विद्यार्थीहरुलाई सामाग्री बितरण गरिएको छ ।

ग्लोवल को-अपरेशन फर डेभलमेन्टका अध्यक्ष मुक्ती मरासीमीले नेपालमा भएका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर लगायत विद्यार्थीहरु विद्यालयमा आउन सम्म नसक्ने समस्यालाई मध्य नजर गरी सानो सहयोग गरिएको जानकारी दिए ।

साथै, नेपालमा विभिन्न सामुदायिक स्कुलमा खाजा लत्ता कपडा लगाएत शैक्षिक सामाग्री वितरण राखिएको समेत उनले बताए ।

चाइना फाउन्डेशन फर पोभर्टी एलिभिएसनका कार्यक्रम अफिसर कृतिसा श्रेष्ठले संस्थाको गतिविधिको बारेमा जानकारी दिदै प्राप्त शैक्षिक सामाग्रीहरुको सही सदुप्रयोग गर्न आग्रह गरे ।

यस कार्यक्रमको संयोजन गोदावरी नगरपालिका-११ का समाजसेबी, प्रगतिशिल सामुदायिक अध्य्यन केन्द्रका अध्यक्ष भाग्यराम महर्जनले गर्नु भएको थियो ।

#शिक्षा #शैक्षिकसामग्री

Related Articles

Back to top button