समाचार

प्रेस युनियन ललितपुर अध्यक्षमा दाहाल सर्वसम्मत निर्वाचित

ललितपुर ,नेपाल प्रेस युनियन ललितपुर शाखाको सातौ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ ।नेपाली कांग्रेस माहामन्त्री तथा युवा नेता बिश्व प्रकाश शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष केदार नाथ दाहालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ ।

कार्यक्रम उद्द्घाटन गर्नुहुदै माहामन्त्री बिश्व प्रकाश शर्मा

ललितपुरको गोदावरी नगरपालिका बज्रबाराही स्थित भलिं पुःच पार्टी प्यालेसमा आयोजित उक्त अधिवेशनबाट उपाध्यक्षमा रूपकृष्ण कर्माचार्य, गोमा पाण्डे, प्रनिशा लक्ष्मी अधिकारी चयन भएका छन्। त्यस्तै, सचिवमा काजिमान खड्का, सहसचिवमा बिनिता डंगोल र कोषाध्यक्षमा प्रकाश थिङ चयन भएका थिए भने सदस्यहरुमा रन्जीत धमला, अनिशा बिष्ट, शनिराज शाक्य, राजकुमार थिङ, अर्चना झा, अमरदीप श्रेष्ठ र सुनिता बिश्वकर्मा चयन भएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस ललितपुर क्षेत्र १ माननीय उदय राणा, केन्द्रिय सदस्य मदन अमात्य, जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठ,प्रेस युनियन केन्द्रिय पधाधिकारी लगाएत युनियनकर्मी हरुको बाक्लो उपस्थित रहेको थियो।

Related Articles

Back to top button