समाचार

पूर्ण खोप सूनिश्चत बागमती गाउँपालिका

ललितपुर ,बागमती गाउँपालिका ललितपुरले पालिकाभित्र पुर्ण खोप सुनिश्चित गरेको छ।बागमती स्वास्थ्य शाखाले आयोजना गरेको घोषणा कार्यक्रम मार्फत बागमती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।

स्वास्थ कार्यालय ललितपुरका प्रमुख डा. अर्जुन प्रसाद सापकोटाको प्रमुख आतिथ्यता तथा पालिका प्रमुख विर बहादुर लोप्चनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बागमती गाउँपालिका पूर्ण खोप सुनिश्चित भएको प्रमाण पत्र प्रदान गर्नुभएको थियो।गाउँपालिकाबाट पालिकाका सातै वटा वडालाई पूर्ण खोप सुनिश्चित प्रमाण पत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रमसँगै सातै वटा वडाका वडा अध्यक्षज्यू एवम् स्वास्थ्य चौकीका प्रमुखहरुलाई Electronic Health Registration (EHR) system पूर्ण रुपमा लागू गर्न अभिमूखिकरण पनि गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत मिलन शर्मा घिमिरेले जानकारी गराएका छन् ।

कार्यक्रममा खोप अधिकृत पार्थमणी न्यौपाने,गाउँपालिका उपप्रमुख भक्त बहादुर दर्लामी मगर, प्रशासकीय अधिकृत रामदत्त भट्ट, सात वटै वडाका वडा अध्यक्षहरु, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख एवम् कर्मचारीहरु, सात वटै वडाका स्वास्थ्य चौकीका प्रमुखहरु र गाउँपालिका भित्रका स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Back to top button