समाचार

बालमैत्री स्थानीय तह उन्मुख बागमती गाउँपालिका

माधब चौरेल, ललितपुर बागमती गाउँपालिका ललितपुरले आफ्नो पालिकालाई बालमैत्री स्थानीय तह घोषणा गरेको छ।

गत आइतबार सम्पन्न कार्यक्रममा बालमैत्री स्थानीय तह घोषणाका लागि अभिमुखीकरण कार्यक्रम २०८२ चैत्र मसान्त भित्र पूर्ण बालमैत्री स्थानीय तह घोषणा गर्ने सामूहिक प्रतिवद्धता जनाइएको कुरा गाउँपालिकाका सूचना प्रविधि अधिकृत मिलन शर्मा घिमिरेले वताएका छन् ।

पालिका प्रमुख वीर बाहादुर लोप्चनको प्रमुख आतिथ्यमा सम्पन्न उपप्रमुख भक्त बहादुर दर्लामी मगर, प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट, सात वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न राजनैतिक दलका प्रतिनिधी, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख एवम् कर्मचारीहरुका साथै विभिन्न विद्यालयका प्रधानाध्यापक एवम् संरक्षक शिक्षक लगायत बिद्यालयका बालबालिकाहरु सहभागितामा सम्पन्न भएको थियो।

Related Articles

Back to top button