समाचार

बागमतीले ल्यायो ४८ करोडको ४० लाख २६ हजारको बजेट (पुर्ण पाठ)

ललितपुर ,बागमती गाउँपालिकाले आफ्नो १३ औं गाउँसभा समपन्न गरेको छ।आइतबार सम्पन्न गाउँसभालाई ललितपुर क्षेत्र १ ख माननीय सांसद मीन कृष्ण महर्जनले उदघाटन गर्नु भएको थियो ।जिल्ला समन्वय समिती उपाध्यक्ष रामलाल थिङ तथा सदस्य  दिनेश घोरासैनीको उपस्तिथिमा सम्पन्न गाउँ सभामा गाउँपालिका  उपाध्यक्ष भक्त बहादुर दर्लामी मगरले प्रस्तुत गर्नु भएको  आर्थिक वर्ष २०८०/०८१ को बजेटको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा

१. चालु आर्थिक वर्षको २०८० असार १० गते सम्मको कुल खर्च मध्ये चालु खर्च रु २५ करोड ३१ लाख ४५ हजार ८४५ अर्थात विनियोजनको ६७.०३%, पुँजीगत खर्च रु १४ करोड ४७ लाख ८२ हजार २९३ अर्थात विनियोजनको ६३.४७ % भएको छ ।

२. चालु आर्थिक वर्ष राजस्व सङ्कलन रु ६८ लाख ४२ हजार ३७० हुने संसोधित अनुमान छ । यो लक्ष्यको तुलनामा ३२.५८% हो भने गत वर्षको तुलनामा १५.८२% कम हो । खासगरी ढुङ्गा गिट्टी बालुवा माटो भरानको उत्खनन् निकासीमा नेपाल सरकारको समयमा नै ठोश नितीहरु नआउनु तथा गाउँपालिकाले आव्हान गरेको सो सम्बन्धि बोलपत्रमा बोलपत्रदाताहरु सहभागी नहुनु रहेको छ ।

३. राष्ट्रिय अर्थतन्त्रमा भएका चुनौतिका कारण नेपाल सरकार र प्रदेश सरकारको वित्तिय समानिकरण मार्पmत प्राप्त हुने अनुदान लगायत नेपाल सरकार र प्रदेश सरकारबाट राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुदानमा भारी कटौती भएको कारण आगामी आ.व. ०८०÷८१ मा बाँकी भुक्तानीको रुपमा दायित्व सृजना हुने देखिन्छ । कुल बजेटको ठूलो हिस्सा यसरी छुट्याउनु पर्दा आगामी वर्षको विकास कार्यका लागि स्रोत व्यवस्थापनमा चाप परेको छ ।

माननीय मीन कृष्ण महर्जन (प्रमुख अतिथी)

बागमती गाउँपालिकाको बजेट प्रणालीमा देखिएका चुनौती तथा अवसर

४. नेपाल सरकाको आर्थिक सुचाङ्कलाई मध्य नजर गर्दा गाउँपालिकालाई प्राप्त हुने संघीय तथा प्रदेश सरकारबाट अन्तर सरकारी वित्तिय हस्तान्तरण मार्पmत प्राप्त हुने समानिकरण अनुदान एवम् राजस्व बाँडाफाँडबाट प्राप्त हुने प्रक्षेपित रकम अघिल्ला आ.व.हरुमा भन्दा घटेर आउनु आपैmँमा चुनैती छ भने भोलिका दिन पनि पून नेपाल सरकारको आर्थिक सूचाङ्कहरुमा बृद्धि नभए घटेर आएको प्रक्षेपित अनुदान कार्यान्वयनमा पूनः कटौति हुने थप चुनैती हाम्रो सामु रहेको छ ।

५. राजस्व सङ्कलन लक्ष्य भन्दा कमी रहेको छ । राजस्व प्रणालिमा सुधार, चुहावट नियन्त्रण र करको दायरा विस्ता गरी राजस्व परिचालन वृद्धि गर्नुपर्ने देखिन्छ ।

६. अपेक्षित ठूला व्यवसायिक लगानी भित्र्याउन सकिएको छैन । लगानीमैत्री वातावरण सिर्जना गर्नु पर्ने आवश्यकता महसुस गरिएको छु ।

७. माथि उल्लेखित चुनौतिका बाबजुद पनि नेपाल सरकार, बागमती प्रदेश सरकारले लिएका पहलकदमी लगायत बागमती गाउँपालिकाले सुरु गरेको छलफल प्रयासहरुले गाउँपालिकाको समग्र विकास सुचाङ्कहरुमा सकारात्मक परिवर्तन देखिन थालेको छ ।

८. गाउँपालिकाले नवनिर्मित प्रसाशनिक भवन मार्पmत सेवा सुरु गरिसकेको व्यहोरा हामी सबैलाई अवगत नै छ साथै गाउँपालिकालाई आवश्यक सवारी साधनहरु समेत खरिद भइ सकेको सन्दर्भमा खर्चहरु धेरै मात्रामा कटौती हुने देखिन्छ ।

९. यसैगरी साधारण खर्चलाई निश्चित सीमा भित्र राख्ने र विनियोजन दक्षता तथा कायान्वयन संयन्त्रको क्षमता अभिवृद्धि गराइ सार्वजनिक खर्च प्रभावकारी र उपलब्धिमूलक हुने अपेक्षा गरेको छु ।अब म सभा अध्यक्षको अनुमतिले आर्थिक बर्ष २०८०।८१ को आय व्यय (बजेट) प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

आर्थिक वर्ष २०८०।८१ को लागि कुल रु.  ४८ करोड ४० लाख २६ हजार बजेट विनियोजन

आय तर्फ  :

सर्शत अनुदन : २५ करोड ६० लाख २६ हजार
समपुरक अनुदान : १ करोड ८० लाख
विशेष अनुदान : १ करोड ७५ लाख
वित्तीय समानीकरण अनुदान : ७ करोड ९६ लाख ४० हजार
राजस्व वाँडफाँड : ८ करोड ६२ लाख ३९ हजार ९५३
आन्तरिक आय : १ करोड ५० लाख
अल्या तथा अन्य आय :  १ करोड १६ लाख २० हजार ४७
व्यय तर्फ :

कुल रु.  ४८ करोड ४० लाख २६ मध्ये चालु तर्फ रु. ३२ करोड २६ हजार र पूँजीगत तर्फ रु. १६ करोड ४० लाख  विनियोजन गरेको छु ।
चालु र पूँजीगत तर्फ क्रमश: ६६.१२ र ३३.८८ प्रतिशत रहेको छ ।
सर्शत तर्फ कुल रु २५ करोड ६० लाख २६ हजार विनियोजन गरिएको छ
समपुरक तर्फ रु. ३ करोड ६० लाख रकम विनियोजन गरेको छु ।
विशेष अनुदान तर्फ रु.  १ करोड ७५ लाख रकम विनियोजन गरिएको छ ।
लागत साझेदारी तर्फ रु. ५० लाख रकम विनियोजन गरेको छु ।
भुक्तानी दिन बाँकी चालु तर्फ रु. ५० लाख रकम विनियोजन गरेको छु ।
भुक्तानी दिन बाँकी पूँजीगत तर्फ रु. १ करोड ९८ लाख रकम विनियोजन गरेको छु ।
प्रशासनिक भवन तथा कर्मचारी आवास  सम्पन्न गर्नका लागि रु. १ करोड रकम विनियोजन गरेको छु ।
प्रशानिक चालु तर्फ रु ६ करोड विनियोजन गरेको छु ।
प्रशासनिक पूँजीगत तर्फ रु १ करोड विनियोजन गरेको छु ।
वडा नं. १ देखी ७ सम्मका सम्पूर्ण सडक मर्मत तथा संभारका लागि प्रति वडा रु. ६ लाखका दरले एकमुष्ट रु. ४२ लाख रकम विनियोजन गरेको छु ।
१ देखी ७ सम्म वडाहरुको वडास्तरीय योजना तथा कार्यक्रमका प्रति वडा ३० लाखका दरले एकमुष्ट रु. २ करोड १० रकम विनियोजन गरेको छु ।
आर्थिक विकास तर्फ ५० लाख रकम विनियोजन गरेको छु ।
अध्यक्ष कार्यक्रम  तर्फ ३५ लाख र उपाध्यक्ष कार्यक्रम तर्फ ३५ लाख गरी जम्मा ७० लाख रकम विनियोजन गरेको छु ।
सामाजिक विकासका तर्फ एकमुष्ट रु. १ करोड ६० लाख रकम विनियोजन गरेको छु ।
पूर्वाधार विकासका तर्फ रु.  ८० लाख रकम विनियोजन गरेको छु ।
वन वातावरण तथा विपद व्यवस्थापन तर्फ रु. २५ लाख विनियोजन गरेको छु ।
संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन तर्फ एकमुष्ट रु. १० लाख रकम विनियोजन गरेको छु ।

Related Articles

Back to top button