समाचार

अपाङ्गता हेरचाह समबन्धि एक दिने तालिम ललितपुरमा सम्पन्न

ललितपुर,अपाङ्गता सशक्तीकरण समाज नेपाल ललितपुरको आयोजना, महालक्ष्मी नगरपालिका ललितपुरको समन्वय, र बाग्मती प्रदेश सामाजिक बिकास मन्त्रालय हेटौंडा मकवानपुरको सझेदारमा एक दिने अपाङ्गता हेरचाह सम्बन्ध तालिम सम्पन्न भएको हो।

कार्यक्रममा अपाङ्गता सशक्तिकरण समाज नेपालका अध्यक्ष टेकनाथ न्यौपानेले हरेक मान्छेमा फरक मन हुने भएकोले फरक पहिचानमा अपाङ्गतामा वर्ण गर्न पुगेकोले त्यसलाई स्वीकार गर्नुपर्ने बताए । उनले अपाङ्गताको परिभाषासहित अपाङ्गतालाई परिवारसँगै राख्न आग्रह गरेका छन्। यसले समुदायमा बस्न सहज वातावरण बनाउनमा सहयोग पु¥याउन सक्ने बताए ।

तालिममा सहभागीहरु

अधिवक्ता मुकुन्द हरि दाहालले पूर्व र अत्यन्त अशक्त अपाङ्गता भएका बालबालिकाहरूको हेरचाह, हेरचाह र सहायताको अवस्था पहिचान र विश्लेषण गर्नका लागि एक दिनको तालिम सम्पन्न गरिएको छ। यसले उनीहरूको वर्तमान अवस्थाको मूल्यांकन गर्न उनीहरूको हेरचाहको स्तर र समस्याहरूलाई निर्देशन गर्ने मार्गदर्शन प्रदान गर्ने उद्देश्यले भएको हो।

उनले अपाङ्गता भएका व्यक्तिहरूको समुदायमा आधारित पुनर्स्थापना र सिबिआर अभिमुखिकरण कार्यक्रम सम्बन्धी प्रस्तुतीकरण गरेका छन् ।

Related Articles

Back to top button