शिक्षासमाचार

भट्टेडाँडा आधारभूत विद्यालय व्यवस्थापन समितिमा राजेन्द्र सर्वसम्मत

ललितपुर ,बागमती गाउँपालिका-३ भट्टेडाँडामारहेको भट्टेडाडा आधारभूत विद्यालयको व्यवस्थापन समितिमा राजेन्द्र कार्की सर्वसम्मत भएका छन्।

०४६ सालमा स्थापना भएको उक्त विद्यालयमा राजेन्द्र कार्कीको नेतृत्वमा नयाँ व्यवस्थापन समिति गठन भएको हो।पछिल्लो समयमा शिक्षा क्षेत्रको विकास र शैक्षिक गुणस्तर प्रदान गर्न युवाहरू अग्रसर हुनु सकारात्मक पक्ष हो।

कार्कीको नेतृत्वमा गठन भएको समितिमा अध्यक्ष राजेन्द्र कार्की सदस्य शिव प्रसाद सन्जेल , सुशीला सुनार , रूपक नेपाली , सरिता थिङ , गौरी खड्का ,सदस्य सचिव सिताराम चाैरेल रहेका छन्।एस अघि दीपक घिमिरे समिरको नेतृत्वमा सञ्चालन भएको विद्यालयमा कार्कीको आगमले अझ शैक्षिक गुणस्तर लगायत भौतिक पुर्वधारमा अझ सुधार आउनेमा अभिभावक विश्वस्त रहेका छन्।कार्यक्रममा वडा अध्यक्ष नवराज खड्का, प्र अ सिताराम चौरेल, निबर्तमान अध्यक्ष दिपक घिमिरे समीर लगाएत अभिभावक र स्थानीयको उपस्थित रहेको थियो।

को हुन राजेन्द्र कार्की

नव निर्वाचित अध्यक्ष राजेन्द्र कार्की

स्थानीय अभिभावक समेत हरेका कार्की कुशल समाजसेवी हुन।विगत लामो समय देखि भट्टेडाँडा टोल विकास समितिको अध्यक्ष रहेर कार्यसंञ्चालन गरिरहेका कार्कीले विद्यालयमा अध्ययन गर्ने बालबालिका हरूलाई शैक्षिक सामग्री देखि पोसाक वितरण खेलकुद सामग्री वितरण गर्दै आइरहनु भएको छ।

त्यसो त आफू टोल विकास समिति अध्यक्ष भैरहदा विभिन्न क्षेत्रहरूमा वृक्षारोपण बालबालिका हरूलाई प्रोत्साहन सामग्री अनाथ असाय हरुको लागि सहयोग गरिरहेका कार्की लाई त्यस क्षत्रको जनताले रुचाइएको व्यक्तिको रूपमा हेरिन्छ।

Related Articles

Back to top button