समाचार

बिपि स्मृतिको अवसरमा बागमती कांग्रेसको वृक्षारोपण

प्रकाश थिङ,ललितपुर – प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेस बागमती गाउँ पालिका ललितपुर ले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। काङ्ग्रेसले शनिबार बागमती गाउँ पालिकाको तीनपाने पर्यटकीय राडार क्षेत्रमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो।

नेपाली काङ्ग्रेस ले पर्यटकीय पार्कको सुन्दरता र सरसफाइ रहने विश्वासमा नेपाली काँग्रेस बागमती गाउँ पालिकाले ५०० भन्दा बढी बिरुवा रोपेको पालिका सभापति वीर बहादुर लोप्चानले जानकारी दिनु भएको हो ।

नेपाली काँग्रेस बागमती गाउँ पालिका पार्टी सभापति कार्यसमिति सम्पूर्ण टिम क्षेत्र प्रदेश क्षेत्रीय प्रतिनिधी पार्टीको विभिन्न भातृ संगठन सहभागी रहेको थियो ।

साउन ६ गते बिपी कोइरालाको देहावसान भएको थियो । उनको योगदानको स्मरणमा काँग्रेसले प्रत्येक वर्ष साउन ६ गते बिपीलाई सम्झिन विभिन्न कार्यक्रम गरेर स्मरण गर्ने गर्छ । साहित्यकारको रूपमा समेत परिचित कोइराला प्रजातान्त्रिक समाजवादका प्रवर्तक हुन् ।

 

Related Articles

Back to top button