शिक्षासमाचार

बागमतीको १२० शिक्षक शिक्षिकालाई १० दिने क्षमता अभिवृद्धि तालिम

ललितपुर ,बागमती गाउँपालिकाको समन्वय र रिड नेपालको आयोजनामा पालिकाका चार वडाहरूको पूर्व प्राथमिक देखि कक्षा ८ सम्मका शिक्षकहरुका लागि १० दिने तालिम सुरु भएको छ।

जनभावना क्याम्पस चापागाउँमा सुरु भएको तालिममा करिब १२० जना सहभागी रहेका छन् ।जसमध्ये २६ ओटा आधारभूत विद्यालय र ४७ विद्यालयका ECD शिक्षकको सहभागिता रहने छ।गाउँपालिका भित्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र शैक्षिक सुधारको लागि यो महत्त्वपूर्ण तालिम रहने छ।

कार्यक्रममा ललितपुर क्षेत्र न.१(ख) बागमती प्रदेश सांसद मिनकृष्ण महर्जन , गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चन ,उपाध्यक्ष भक्त बहादुर दर्लामी ,५ नम्बर वडा अध्यक्ष नवराज तिमल्सिना ,सामाजिक समिति संयोजक राम कुमार लामा ,जनभावना क्याम्पस प्रमुख शिवराज सञ्जेल साथै रिड नेपालका प्रमुख लगायतको उपस्थिति रहेको थियो।

Related Articles

Back to top button