समाचार

शुल्क फिर्ता लिन डिनले आलटाल गरेको भन्दै ने बि संघ ललितपुरले निकाल्यो मसाल जुलुस

ललितपुर ,पुलचोक इन्जिनियरिङ क्याम्पस इ.अ.स (IOE) ले एकै पटक ४ लाख भन्दा बढी सुल्क वृद्धि गरेको भन्दै नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति ललितपुरले मसाल जुलुस निकालेको छ।

बिहीबार पाटन ढोका देखि पुलचोक क्याम्पस सम्म ने बि सङ्घले मसाल जुलुस निकालेर क्याम्पस परिसर भित्र कोणसभा गरेको हो।सुल्क फिर्ताको माग राख्दै क्याम्पस इकाई सभापति सहितको टिमले केही दिन अगाडि आमरण अनसन बसेको थियो। पटक पटक दबाब दिँदा पनि सुल्क फिर्ता लिन डिन तत्पर नभएपछि मसाल जुलुस निकालिएको जिल्ला अध्यक्ष सरोज  घोरासैनी बताउँछन् ।घोरासैनी अगाडि भन्छन् “आज हामी मसाल बोकेर सडकमा छौ तर डिनको लाचारिपन्को कारणले मसाल बोकेर डिनको घर सम्म पुग्ने वातावरण सिर्जना नहोस्”।

जब सम्म इ.अ.स(IOE) ले शुल्क फिर्ता गर्दैन तब सम्म यो आन्दोलन रोकिँदैन,ने.वि.सङ्घ हिजोसम्म कलम बोकेर शान्तिपूर्ण आन्दोलनमा थियो तर डिनले बेवास्ता गरेकाले आजबाट मसाल बोक्न बाध्य भएकाछौं!अब यो मसाल शुल्क फिर्ता नभएसम्म नछाड्ने ने.वि.सङ्घ केन्द्रीय सदस्य विजय महतोले बताउनु भयो।

विरोध कार्यक्रमलाई ऐक्यबद्धता जनाउने क्रममा ने बि सं केन्द्रीय सदस्य विजय महतो,डा:नरेश भट्ट ,राजेश काफ्ले ,चर्चित र्यापर DNX, पुलचोक इन्जिनियरिङ क्याम्पस इकाई पदाधिकारी,जिल्ला कार्यसमिति ललितपुरको पदाधिकारी सदस्यहरू लगायत १०० भन्दा बढी विद्यार्थी नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

Related Articles

Back to top button