समाचार

मामाघर अनाथालय आश्रम निमार्णनभए राजिनामा दिन्छु : अध्यक्ष घिमिरे

ललितपुर ,ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सानुराजा घिमिरेले मामाघर अनाथालय आश्रम निमार्ण गर्न नसके वडा अध्यक्ष पद बाट राजीनामा दिने घोषणा गरेका छन ।

मामाघर अनाथालय आश्रम निमार्ण सहयोगार्थका लागि भईरहेको विराट महायज्ञका संरक्षक समेत रहेका घिमिरेले वडा नम्बर ३ स्थित गोदावरी पाचँधारा कुण्ड र मच्छेयपालन केन्द्र सगै रहेको करिब २२ रोपनी जग्गामा जसरी पनि आश्रम निमार्ण गर्न वाचा गरेका हुन । विहिवार बेलुका महायज्ञको कार्यक्रममा सहभागी हुदै घिमिरेले केही नराम्रा तत्वहरुले आश्रम बनाउन रोक्ने प्रयास गरेपनि आफुहरुले लिएको अठोट जसरी पनि पुरा गर्न बताउदै सम्पुर्ण भक्तजनहरुलाई सहयोग गर्नका लागि आव्हान समेत गरेका छन ।

महायज्ञ बाट आश्रम बनाउनका लागि लाग्ने रकम संकलन नभएपनि बाँकी रकमको जिम्मेवारी आफुले लिने र समयमा नै आश्रम निमार्ण सम्पन्न गरेर छाड्ने उनको भनाई थियो । आश्रम निमार्णका लागि घिमिरेलाई मामाघर अनाथालय आश्रमका संस्थापक समेत रहेका बालयोगेश्वोर बिजयमूर्तीजी महाराजले २५ लाखको चेक हस्तान्तरण गरेका छन ।

२० गते देखि गोदावरी नगरपालिका वडा नम्बर १४ मा सुर भएको विराटज्ञान महायज्ञमा बुधवार सम्म चालिस लाख रकम संकलन भएको र त्यही रकम बाट २५ लाख रकम आश्रम निमार्णका लागि वडा अध्यक्ष घिमिरेलाई हस्तान्तरण गरेको बालयोगेश्वोर बिजयमूर्तीजी महाराजले जानकारी दिए ।

Related Articles

Back to top button