समाचार

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्य कार्यसमिति काभ्रेको ३३ औं वार्षिक साधारणसभा सम्पन्न

काभ्रेपलान्चोक,श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्य कार्यसमिति काभ्रेको ३३ औं वार्षिक साधारण सभा श्री कृष्ण प्रणामी मन्दिर ढुंखर्कमा भाद्र ३० गते शनिबार भब्य रुपमा सम्पन्न भयो।

काभ्रेपलान्चोक जिल्ला को दक्षिणि भेग बेथानचोक गाउपालिका वडा नम्बर २ स्थित श्री कृष्ण प्रणामी मन्दिर ढुंखर्कमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्य कार्यसमिति काभ्रेको ३३ औं वार्षिक साधारण सभा श्री कृष्ण प्रणामी मन्दिर ढुंखर्कमा भाद्र ३० गते भब्य रुपमा सम्पन्न भयो। जसमा प्रमुख अतिथी श्री कृष्ण प्रणामी युवा परिषद नेपाल का केन्द्रिय अध्यक्ष श्री जगदीश चन्द शर्मा ज्यु, बिशेष अतिथी बेथानचोक गाउपालिका को प्रमुख श्री भगवान अधिकारी ज्यु,बेथानचोक गाउपालिका का उप- प्रमुख श्री तारा राना तिमल्सिना ज्यु प्रणामी समाज काभ्रेका आध्यात्मिक प्रबक्ता शास्त्री श्री सुदर्शन तिमल्सिना ज्यु श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय माहा सचीव श्री सुजन सुवेदी ज्यु अतिथिहरु श्री कृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय सदस्य श्री मोहनमुकुन्द हुमगाई ज्यु, श्री दिपक कार्की ज्यु, भिम बगाले ज्यु,श्री गङगा लाल श्रेष्ठ ज्यु श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश अध्यक्ष श्री बलराम बजगाई ज्यु, प्रदेश सदस्य श्री सुमित बजगाई ज्यु श्री कृष्ण प्रणामी युवा परिषद नेपाल काठमाडौ जिल्ला अध्यक्ष श्री राजकुमार गजुरेल ज्यु श्री कृष्ण प्रणामी युवा परिषद नेपाल भक्तपुर अध्यक्ष श्री मिलन कार्की ज्यु श्री कृष्ण प्रणामी युवा परिषद नेपाल ललितपुर अध्यक्ष श्री कृष्ण खडका ज्यु ललितपुर सदस्य श्री शोभा घिमिरे ज्यु बेथानचोक गाउपालिका वडा नम्बर २ का अध्यक्ष श्री पुरुषोत्तम तिमल्सिना ज्यु बेथानचोक गाउपालिका वडा नम्बर ३ का अध्यक्ष श्री कुबेर ढकाल ज्यु बेथानचोक गाउपालिका वडा नम्बर २ का नि. अध्यक्ष श्री भगवान घिमिरे ज्यु समाजसेवी श्री मछिन्द्र कुमार लामा ज्यु, श्री चेतनाथ तिमल्सिना ज्यु श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल काभ्रेका अध्यक्ष श्री रेवती प्रसाद सापकोटा ज्यु श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिती नेपाल काभ्रेका अध्यक्ष श्री सरिता सापकोटा ज्यु

त्यसैगरी श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिती पनौती को अध्यक्ष श्री हरिप्रसाद बोलाखे ज्यु, काभ्रे प्रा.स अध्यक्ष श्री सरोज हुमागाई ज्यु, होक्से प्रा.स अध्यक्ष श्री सन्दिप थापा ज्यु, बनेपा प्रा.स अध्यक्ष श्री भिमसेन आचार्य ज्यु ,जागिडोल प्रा.स अध्यक्ष श्री बिक्रम तिमल्सिना ज्यु, रातमाटे प्रा.स अध्यक्ष श्री दिपनारायण दाहाल ज्यु, चाखोला प्रा.स अध्यक्ष श्री रमेश सापकोटा ज्यु त्यसैगरी श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल इकाई समिती ढुंखर्क अध्यक्ष इन्द्रबहादुर तिमल्सिना ज्यु श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल इकाई समिती बनेपा अध्यक्ष श्री हरिप्रसाद पराजुली ज्यु श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल इकाई समिती काभ्रे अध्यक्ष श्री राजन हुमगाई ज्यु श्री कृष्ण प्रणामी बाईजुराज महिला नेपाल इकाई समिती ढुंखर्क अध्यक्ष श्री टिकामाई बजगाई ज्यु कृष्ण प्रणामी बाईजुराज महिला नेपाल इकाई समिती बनेपा अध्यक्ष श्री अनिता गौतम को उपस्थिति थियो। उक्त कार्यक्रम शुभकामना मन्तव्य श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिती ढुंखर्कका अध्यक्ष श्री सन्तोष बजगाई ले राख्नु भएको थियोे ।

कृष्ण प्रणामी सेवा समिती नेपाल इकाई समिती ढुंखर्कका अध्यक्ष ले श्री इन्द्रबहादुर तिमल्सिना ज्युले श्री कृष्ण प्रणामी मन्दिर ढुंखर्कको गतिबिधिको बारेमा जानकारी गराउदै शुभकामना मन्तव्य राख्नु भयो स्थानीय समाजसेवी मछिन्द्र कुमार लामा ज्यु ले श्री कृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिती ढुंखर्कका युवा हरुलाई जुनसुकै बेला साथ र सहयोग गर्नी प्रतिबद्ध गर्नु भयो। बेथानचोक गाउपालिका का प्रमुख र उप-प्रमुख ज्यु ले श्री कृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिती ढुंखर्क सङ्ग सहकार्य गरेर कार्यक्रम आयोजना गर्ने प्रतिबद्ध जनाउनु भयो । श्री कृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय अध्यक्ष श्री जगदीश चन्द शर्मा ज्युले प्रमुख अतिथी को मन्तव्य राख्दै युवा हरुलाई प्रणामी समाज मा दुर्बेसन मुक्त समाज निर्माण गर्न युवा हरुलाई निर्देशन दिदै आगामी दिनमा पनि युवा हरुले आध्यात्मिक चिन्तन अगाडि बढन निर्देशन दिनु भयो ।

कार्यक्रम मा वार्षिक साधारण सभाको प्रतिबेदन परिषद का जिल्ला अध्यक्ष श्री उदब प्रसाद तिमल्सिना ले राख्नु भयो भने आर्थिक प्रतिबेदन जिल्ला कोषाध्यक्ष श्री सकुल प्रसाद तिमल्सिना ज्यु ले पेश गर्नु भयो।श्री कृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिती ढुंखर्कको तर्फबाट विभिन्न कार्यक्रम मा साथ र सहयोग गर्नु हुने विशिष्ट ब्याक्तित्व हरु बेथानचोक गाउपालिका प्रमुख श्री भगवान अधिकारी बेथानचोक गाउपालिका का उप- प्रमुख श्री तारा राना तिमल्सिना बेथानचोक गाउपालिका वडा नम्बर २ का अध्यक्ष श्री पुरुषोत्तम तिमल्सिना उक्त बेथानचोक गाउपालिका वडा नम्बर ३ का अध्यक्ष श्री कुबेर ढकाल समाजसेवी श्री मछिन्द्रकुमार लामा ज्यु चेतनाथ तिमल्सिना ज्युबेथानचोक गाउपालिका वडा नम्बर २ का नि. अध्यक्ष श्री भगवान घिमिरे ज्युलाई सम्मान गरेको थियो।

कार्यक्रममा बुद्धिजिवि विभिन्न संघ सस्थाका प्रतिनिधि स्थानीय बासिन्दाको उपस्थिति थियो। उक्त कार्यक्रम श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेका सचीव श्री प्राणनाथ सापकोटा ज्यु ले संचालन गर्नु भयो उक्त कार्यक्रम श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेका अध्यक्ष श्री उदब प्रसाद तिमल्सिना को सभापतित्वमा सम्पन्न भयो।

Related Articles

Back to top button