समाचार

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)को २६ औ साधारण सभा सम्पन्न 

ललितपुर ,राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २६  औँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा देशभरि छरिएर रहेका फोटो पत्रकारहरूको छाता सङ्गठन एनएफपिजेको २६ औ साधारण सभाको उदघाटन गर्नुको साथै उत्कृष्ट फोटो पत्रकार लाई सम्मान गर्नु भएको थियो। गत सनिवार सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा  सुशासन समितिका सभापति रामहरि खतिवडा, नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक, दीपककुमार कार्की लगायत विभिन्न सङ्घ संस्थाको प्रतिनिधि साथै पत्रकार हरूको उल्लेखनीय सहभागिता रहेको थियो।
फाेटाेपत्रकारिताको क्षेत्रमा विभिन्न पुरस्कारहरूका साथ तीन पटक वर्ल्ड बुक रेकर्ड राख्न सफल वरिष्ठ फाेटाेपत्रकार श्रद्धेय हरिगाेपाल प्रधान द्वारा स्थापना गरिएको “हरिगाेपाल प्रधान फाेटाेपत्रकारिता सम्मान-२०७९” बाट पाँच विधामा पर्न सफल फोटो पत्रकारलाई सम्मान गरिएको थियो।

Related Articles

Back to top button