समाचार

एमसिसी प्रमुख एलिस नेपाल आउने

ललितपुर ,अमेरिकी सरकारको अनुदान परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेपाल आउनुहुने भएको छ । नेपालमा परियोजनाको कार्यान्वयन सुरु भएसँगै त्यसको अवस्था बुझ्न उहाँ नेपाल आउन लाग्नुभएको हो।

नेपालस्थित अमेरिकी दूतावासले पाँचदिने भ्रमणमा नेपाल आउन लाग्नुभएका कार्यकारी प्रमुख एलिसले एमसिसी सम्झौताको कार्यान्वयनका बारेमा जानकारी लिने बताएको छ । सम्झौता भएको झन्डै छ वर्षपछि गत भदौ १३ गते कार्यान्वयनमा गएको हो। दूतावासले भनेको छ, “एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस ब्राइटले नेपाल-अमेरिकाबिचको द्विपक्षीय साफेदारीको खुसी मनाउन र एमसिसी-नेपाल कम्प्याक्ट सम्झौताको सफल सुरुवातको अवसरमा अर्को साता भ्रमण गर्नुहुने भएको छ ।”

भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जामन्त्री शक्ति बस्नेतलगायत नेपालका उच्च नेतृत्वसँग भेट गर्नुहुने कार्यसूची रहेको छ ।गोरखापत्र बाट

Related Articles

Back to top button