समाचार

हातेमालो मानव सेवा समाजले गर्‍यो ५ महिने बालकको मुटुको अपरेसन

ललितपुर ,हातेमालो मानव सेवा समाजले उपचारको लागि ५ महिने बालकको मुटुमा रहेको प्वालको अपरेसनको लागि सोलुखुम्बु निवासी निशान्त बस्नेतलाई आर्थिक सहयोग गरेको छ

उपचारको लागि अस्पतालमा भर्ना गरिएका यी बालकको अपरेसन गर्ने पैसा नदुहा उनकी आमा अप्सरा बस्नेतले आर्थिक सहयोगको लागि विभिन्न ठाउँमा याचना गरेकी थिइन । श्रीमानलाई पनि कलिलै उमेरमा गुमाएकी उनले बच्चाको उपचारको लागि खर्च जुटाउन नसक्दा हार खाएकी थिइन । उनले हातेमालो मानव सेवाको सम्पर्कमा आए पछि भने छोराको उपचार हुनेमा ढुक्क भएकी छिन । हातेमालो मानव सेवा समाजले ९३ हजार छ सय साठी (९३६६० ) रुपैयाँ एक कार्यक्रमका बिच हस्तान्तरण गर्नु भएको हो।

महासचिव राजेन्द्र सिंह धामीले जानकारी दिनु भएको छ । पछिल्लो समयमा निकै चर्चामा रहेको सामाजिक सञ्जाल टिकटकबाट जोडिएका स्वदेश तथा विदेशको विभिन्न क्षेत्रमा काम गर्ने समाजसेवीहरूले मिलेर खोलिएको यो संस्थाले विगत एक वर्ष देखि आधिकारिक रूपमा सामाजिक क्षेत्रमा काम गदै आएको छ ।
यो संस्थाले मानव जीवनमा आइ पर्नै भौतिक तथा मानसिकरुपमा ग्रसित भई आर्थिक रूपमा कमजोर भएर उपचार नपाएका बिरामीहरूको उपचारको लागि हातेमालो गर्दे आ

Related Articles

Back to top button