समाचार

आजपाद्वारा भन्सार विभाग घेराउ, ४५ प्रतिशत कमिसन खारेजीको माग

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले सोमबार त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको छ ।

देशमा सरकारी वेतनभोगी कर्मचारीहरुमार्फत राजश्वमा हुने ४५ प्रतिशतको लुटकारी व्यवस्था खारेजीको माग गर्दै आजपाले पछिल्लो समय धर्ना तथा विरोध प्रदर्शन जारी राखेको छ । त्यसकै निरन्तरतास्वरुप आजपाका नेता तथा कार्यकर्ताहरुले आज भन्सार विभाग घेराउ गरेका हुन् ।यसअघि आजपाले भाद्र ३१ गते ललितपुरको कुपण्डोल पुलबाट विरोध र्याली निकालेर विभाग घेराउ गर्दै महानिर्देशक मार्फतज्ञापन पत्र बुझाएको थियो । यस्तै असोज १८ गते गलत प्रावधानको नियमावली जलाएको थियो । यस्तै असोज १९ गते तराई–मधेसका जिल्लाहरूको भन्सार कार्यालय घेराउ गरिएकोमा आइतबारदेखि भन्सार विभाग नै घेराउ गर्न थालिएकोमा सो कार्यले आज पनि निरन्तरता पाएको हो ।

आज विरोध प्रदर्शनमा उत्रिएका नेता तथा कार्यकर्ताहरुमाथि भने प्रहरीले बल प्रयोग गरेको छ ।

Related Articles

Back to top button