समाचार

पाल्पामा सडक मर्मत गर्दा एक्स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु

सडक मर्मत गर्दा पाल्पामा पहिरोमा एक्स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ ।

रामपुर नगरपालिका–१०, गेझा टोक्सेमा सडक मर्मतको क्रममा पहिरो खस्दा एक्स्काभेटरसहित पुरिँदा चालक शान्तिनगर गाउँपालिका–१, दाङका ३० वर्षीय धनबहादुर खड्काको मृत्यु भएको छ ।गेझाको मिलन चौतारीदेखि टोक्से जाने पुरानो मोटरबाटो मर्मत गर्ने क्रममा सडकमाथिबाट खसेको पहिरोले बा २ ख १९५७ नम्बरको एक्स्काभेटरसहित चालक खड्कालाई पुरेको थियो ।

चालक खड्काको कम्मरदेखि तलको भाग च्यापिएको अवस्थामा प्रहरी र स्थानीयले उद्धार गरी तानसेनस्थित मिसन अस्पतालमा उपचारका लागि पठाएका थिए । चालक खड्काको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

Related Articles

Back to top button