समाचार

इजरायलमा मारिएका नेपालीको शोकमा भोलि सार्वजनिक बिदा

इजरायलमा ज्यान गुमाउने नेपाली विद्यार्थीहरुको शोकमा सरकारले भोलि असोज २३ गते मंगलबार सार्वजनिक विदा दिने घोषणा  गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको विशेष बैठकले उक्त निर्णय गरेको हो ।सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । इजरायलमा ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत पनि दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले इजरायलमा रहेका नेपालीहरुको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने निर्णय गरेको छ भने यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैमा आह्वान गरेको छ ।

Related Articles

Back to top button