राजनीतिसमाचार

भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नुपर्छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नु जरुरी रहेको बताएकी छन्।

बुधवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री शर्माले भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नु आवश्यक रहेको बताइन्।उनले सार्वजनिक लाभको पदमा बसेका व्यक्तिको मानसिकताका कारण भ्रष्टाचार भइरहेको बताएक छन् । उनले भ्रष्ट मानसिकतालाई बदल्ने कुरा नै अहिलेको प्रमुख चुनौती रहेको बताइन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार रोक्ने नभई कारबाहीको दायरामा ल्याउने कुरामा सबै स्पष्ट हुनुपर्ने बताउदै मन्त्रिपरिषद्ले गर्ने सबै निर्णयलाई नीतिगत निर्णयको रुपमा हेर्नु गलत भएको भन्दै यसलाई सच्याउनुपर्ने र मन्त्रिपरिषद्ले गरेका निर्णय नीतिगत हुन् वा अन्य निर्णय हुन् भन्नेमा भेद छुट्याउनुपर्ने उनले बताइन्।

मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयलाई ठोस र मूर्त गर्नु जरुरी रहेको मन्त्री शर्माले बताइन्।

Related Articles

Back to top button