समाचार

नवजात शिशु बिक्री गर्ने डाक्टरसहित तीनजना कारागार चलान

शिशु बिक्री प्रकरणमा पक्राउ परेका विराटनगरको ग्रिनक्रस अस्पतालका डा. तपेश्वरलाल कर्णलगायत तीनजनालाई कारागार चलान गरिएको छ ।

असार १४ गते अविवाहित युवतीबाट जन्मिएकी शिशु बेपत्ता पारिएको थियो। शिशुकी आमाले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा चिकित्सककै संलग्नतामा बिक्री गरिएको खुलेको हो । उक्त प्रकरणमा संलग्न ६ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये तीनजनालाई पुर्पक्षका लागि कागागार चलान भएका छन् भने तीनजना धरौटीमा रिहा भएका छन्।

कारागार चलान हुनेमा डा. कर्णसहित शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र रकम दिएर शिशु लिने कटहरी गाउँपालिका–२ की ३० वर्षीय सूर्यनारायण राजवंशी रहेका छन्।ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सुधा राजवंशी २ लाख, सिराहाको कल्याणपुरकी ३८ वर्षीया निर्मला यादव १ लाख र कटहरी–२ कि ४६ वर्षीया दिलमाया राजवंशी १० हजार धरौटीमा रिहा भएका छन्।

ग्रिनक्रस अस्पतालका सञ्चालक ५५ वर्षीय कृष्ण खवासलाई भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलायने निर्णय दिएको छ ।

Related Articles

Back to top button