समाचारस्वास्थ्य

मापदण्ड पुगेका स्वास्थ्य संस्थालाई मात्र राजश्व छुट दिन आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मापदण्ड पुगेका र स्वास्थ्य संस्थालाई मात्र एम्बुलेन्स सञ्चालन अनुमति तथा राजश्व छुटको सिफारिस दिन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता तथा प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन डा। प्रकाश बुढाथोकीका अनुसार ‘राष्ट्रिय एम्बुेन्स निर्देशिका, २०७८’ अनुसार मापदण्ड पुगेका स्वास्थ्य संस्थालाई मात्र एम्बुलेन्स सञ्चालन अनुमति तथा राजश्व छुटको व्यवस्था गरिएको छ ।उहाँका अनुसार देशभर रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट छिटो, छरितो रुपमा सञ्चालन गरी बिरामी वा घाइतेलाई अस्पतालसम्म पु¥याउन नागरिकको लागि सहज र सरलरुपमा आकस्मिक स्वास्थ्य सेवा सहितको एम्बुलेन्स सेवा सुनिश्चित गर्नु राज्यको दायित्व भएको भन्दै सो आग्रह गरिएको जनाइएको छ ।

Related Articles

Back to top button